राजनीति « Khabarhub

नवनिर्वाचित उपसभामुख इन्दिराले आज शपथ लिने

काठमाडौँ - नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज शपथग्रहण गर्दैछिन्। आज साँझ ५ बजे रानाले शपथ ग्रहण गर्ने संसद सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको उपसभामुखमा राना शनिबार निर्वाचित भएकी हुन्। बिहिबार मत विभाजन हुँदा रानामगरको पक्षमा १ सय ६६ र विपक्षमा ९७ मत परेको थियो। झापा अर्जुनधाराकी रानामगर समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिएकी हुन्।