राजनीति « Khabarhub

सुदूरपश्चिम प्रदेशसभा सभामुखका लागि आज फेरि मतदान हुँदै

धनगढी - सुदूरपश्चिम प्रदेश सभाको सभामुख पदका लागि शुक्रबार फेरि मतदान हुने भएको छ। बिहीबारको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेशसभाको कुल सदस्य संख्याको बहुमत संख्या प्राप्त नगरेपछि आज फेरि मतदान हुन लागेको हो। आज बिहान ११ बजे बस्ने बैठकमा फेरि सभामुख चयनका लागि मतदान हुनेछ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मतदानमा ५० जनाले भाग लिएका थिए।…