राजनीति « Khabarhub

विजय गच्छदार र भगवतीभन्दा स्वतन्त्र पार्टी अगाडी

विराटनगर - सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमाले र नेपाली कांग्रेसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पछि पारेको छ। एमालेका भगवती चौधरी र कांग्रेसका विजयकुमार गच्छदारलाई पछि पार्दै स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले अग्रता लिएका हुन्। २६९३ मतगणना हुँदा स्वतन्त्रका उम्मेदवार मैनालीले ८२९ प्राप्त गरेका छन्। चौधरीले ७३४ र गच्छदारले ५३६ मत ल्याएका छन्।