Live on
Your Voice, Your Power
काठमाडौँ- अष्ट्रिया पहिलो पटक युरोकप फुटबलको नकआउटमा पुगेको छ । सोमबार राति भएको खेलमा युक्रेनलाई १-० गोलले पराजित गर्दै अष्ट्रिया समूहको उपविजेता बन्दै पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको हो । अष्ट्रियालाई जित दिलाउन २१औँ मिनेटमा क्रिस्टोफ बाउम्गार्टनरले निर्णायक गोल गरे । यस जितसँगै समूह 'सी' मा रहेका अष्ट्रियाले ३ खेलमा ६ अंक जोड्यो ।…