फुटबल Archives | Page 195 of 346 | Khabarhub Khabarhub

युरोकप खेल्ने नेदरल्यान्ड्सको टिम घोषणा

काठमाडौँ-  नेदरल्यान्ड्सले युरोकप खेल्ने राष्ट्रिय टिमको घोषणा गरेको छ । युरोकपका लागि नेदरल्यान्ड्सले २६ सदस्यीय टिमको घोषणा गरेको हो । घोषित टिममा टोटेनहमका विंगर स्टिभन बर्गवाइनसहित ८ खेलाडी अन्तिम चरणबाट बाहिरिएका छन् । युरोमा नेदरल्यान्ड्स समूह 'सी' मा रहेको छ । नेदरल्यान्ड्सको समुहमा अष्ट्रिया,युक्रेन र नर्थ म्यासेडोनिया रहेका छन् ।