Live on
Your Voice, Your Power
काठमाडाैँ- कोपा अमेरिका फुटबल प्रतियोगिताको जारी फाइनल खेलमा अर्जेन्टिनाले ब्राजिलविरुद्ध अग्रता लिएको छ। खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिना १-० ले अगाडि छ। एन्जल डी मारियाले २२ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएको हो। उनले रोड्रिगो डे पावलको पासमा गोल गरेका हुन्। सेमिफाइनलमा ब्राजिलले पेरु र अर्जेन्टिनाले कोलम्बियालाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका थिए।