देश/प्रदेश Archives | Page 242 of 1975 | Khabarhub Khabarhub

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी- बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर लिप्नका लागि माटो लिन गएकी उनको भिरबाट लडेर मृत्यु भएको  हो। घर नजिकैको खल्लीगडान भन्ने भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सिगास शिक्षा क्याम्पस गाजरीमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत थिइन् ।