देश/प्रदेश Archives | Page 3 of 2001 | Khabarhub Khabarhub

खोलामा डुबेर एक किशोरको मृत्यु

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिका– ८ स्थित कोगटे खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा काठमाडौं महाननगरपालिका– १२ लाजिम्पाटका १७ वर्षीय नामसोज हगङ्जबेगुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार डुबेर अचेत भएका जबेगुलाई उद्धार गरी सिस्नेरीस्थित स्वास्थ्यचौकीमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।