समाचार Archives | Page 6078 of 7872 | Khabarhub Khabarhub

संसद विघटनको विरोधमा अनेरास्ववियूद्वारा मसाल जुलुस प्रदर्शन

काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियू आरआर कमिटीले मसाल जुलुस निकालेको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै  अनेरास्ववियूले सोमबार साँझ मसाल जुलुस निकालेको हो । प्रधानमन्त्रीको कदमविरुद्ध प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट मसाल जुलुस निकालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले हस्तक्षेप गरेपछि नाराबाजीमा उत्रिएका अनेरास्ववियु आवद्ध विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरेका थिए ।