राजनीति Archives | Page 313 of 2038 | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहालसँग सार्क महासचिवको भेट

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच सार्कका विविध विषयमा कुराकानी भएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले महासचिवका रुपमा विराकुनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।