एमाले सचिवालय बैठक आजदेखि सिरहामा बस्दै | Khabarhub Khabarhub

एमाले सचिवालय बैठक आजदेखि सिरहामा बस्दै


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज सुरु हुँदैछ । बैठक चौथो महाधिवेशनस्थल सिरहाको धनगढी नगरपालिका–१४ सर्रे  अम्बासमा बस्न लागेको हो ।

भदौ ९ गतेबाट सुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको सचिवालय बैठक आज सुरु हुन लागेको हो ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरुलगायत पदाधिकारी, लेखा र अनुशाषन विभागका प्रमुखहरु बैठकमा सहभागी हुने छन् ।

एमालेले सो स्थानलाई ‘कम्युनिष्ट आन्दोलनको ऐतिहासिक स्थल मानेकाले सिरहालाई बैठकस्थल चयन गरेको जनाएको छ ।

सोही ठाउँमा २०४६ सालमा तत्कालीन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन भएकाे थियाे । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो ।

 

 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ६ : ३६ बजे

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति