राजनीति Archives | Page 669 of 1997 | Khabarhub Khabarhub

सपथ ग्रहणलगत्तै राप्रपाका नवनियुक्त मन्त्रीहरू पशुपतिनाथ मन्दिर जाँदै

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मन्त्री बनेकाहरू सपथ ग्रहणपछि सीधै पशुपतिनाथ मन्दिर दर्शनका लागि त्यसतर्फ लागेका छन् । राप्रपाका तर्फबाट नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रीहरू दर्शनका लागि पशुपतिनाथको मन्दिरतर्फ गएका हुन् । मन्दिर दर्शनपछि पदबहालीका लागि उनीहरु सिंहदरबार जाने कार्यक्रम रहेको छ।