राजनीति Archives | Page 688 of 1997 | Khabarhub Khabarhub

मधेशमा २८ पुसभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

जनकपुरधाम– मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले यही २८ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूमा आह्वान गरेका छन् ।  प्रमुख मिश्रले २८ पुस बिहीबार अपरान्ह ४ बजेभित्र बहुमत जुटाएर मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।  मधेश प्रदेशमा १०७ सांसद छन् । मुख्यमन्त्री दाबी गर्न ५४ सांसदको समर्थन आवश्यक पर्छ ।