कर्मचारीको काम मन्त्रीको पछि पछि कुद्ने मात्रै देखियो « Khabarhub

कर्मचारीको काम मन्त्रीको पछि पछि कुद्ने मात्रै देखियो

‘काम नगर्ने कर्मचारीलाई कारबाही गर्दा लोकसेवाले औला उठाउँछ’


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नयाँ सरकारले गर्नु पर्ने काम धेरै छन् । तर तीमध्ये पनि तुरुन्त गर्नु पर्ने र विशेष गरी अर्थतन्त्र सुधारका निमित्त गर्नु पर्ने कामहरू धेरै छैनन् । तर छिटो भन्दा छिटो सरकारले सुरु गरेन भने देशको अर्थतन्त्र खस्कन्छ । कर्मचारीलाई तलब भत्ता खुवाउन सक्ने अवस्था पनि सरकारलाई नरहन सक्छ भन्ने आशंका अर्थ क्षेत्रका जानकारहरू गरिरहेका छन् । त्यसैले यो सरकारले के गर्नु पर्ला ? यसै विषयमा आधारित भएर पूर्वकार्यवाहक महालेखा परीक्षक सुकदेव भट्टराई खत्रीसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंशः

यो सरकारले अर्थतन्त्र सुढृढीकरणका लागि के गर्नु पर्ला ?
सरकारले यो वर्ष १७ खर्ब ९३ अर्ब त्यसमा बजेट प्रक्षपण गरेको छ । त्यसमा ५ खर्ब घाटा बजेट छ । यसमा राजस्व प्रक्षेपण १२ अर्ब ४० अर्ब गर्ने भन्यो । चालु खर्च ३३ प्रतिशत भयो र पुँजीगत खर्च ११ प्रतिशत छ । विश्व आर्थिक मन्दीमा नेपाल परेको छ । हरेक सामग्री बजार भाउमा खरिद हुने गरेको छ । ठूला आयोजनाहरू सुरु हुने र अन्त्य भएका छैनन् । लगानी योग्य मुद्रा छैन । ब्याजदर बढेको छ । डलरसँग नेपाली मुद्रा कम भएको कारणले आयात गर्न हम्मे परेको छ । नेपालमा २५ मन्त्रालय बनाएको छ एउटा मन्त्रालयले वार्षिक एक अर्ब बजेट बढाउँछ त्यसैले मन्त्रालय बढाउनु हुँदैन घटाउनु पर्दछ । राजस्वले चालु खर्च नै धान्न नसक्ने अवस्था छ । यसले गर्दा वित्तीय अनुशासन र सुशासनलाई असर पुर्‍यायो

पुजीँगत खर्च कम र चालु खर्च धेरै हुँदा के हुन्छ ?
पुजीँगत खर्चको लागि सरकारले प्रशासनिक प्राविधिक कर्मचारीहरूलाई छोड्नु पर्‍यो। मन्त्रिहरुले भोलि मन्त्रालय लिएर त्यो प्राविधिक सचिवको सरुवा गर्ने काम गरिन्छ त्यो रोक्नु पर्‍यो । परामर्शदाता, वैदेशिक प्याकेजहरू २२ प्रतिशत बजेटमा परेको छैन । त्यसभित्र ल्याउनु पर्याे । वर्तमान प्रधानमन्त्रीले हिजोको प्रधानमन्त्रीले गरेका भ्रष्टाचार लगायतका कार्यहरू गर्नु भएन । सदस्य समितिको समय भएन यो प्राथमिकतामा पार्नु पर्‍यो । नेतालाई भन्यो भने दोष कर्मचारी तन्त्रलाई मात्रै हुने गरेको छ ।

कर्मचारीको समस्या के छ त ?
कर्मचारीको सवालमा तल्ला कर्मचारी लोकसेवाबाट छिरेका छन् । तिनलाई कसैले केही गर्न सक्दैन । नराम्रो गर्नेलाई सजाय दिँदा लोकसेवा आयोगले औँला उठाउँछ । यो समस्या अहिले भयावह छ ।

यो समस्या समाधान गर्न के गर्नु पर्ला ?
कर्मचारी यहाँ मन्त्रीको पछि पछि मात्रै कुद्ने भएका छन् । सरकारको सार्वजनिक संस्थामा लगानी लगभग पौने ७ खर्बको छ । अहिले राजस्व सरकारको २ खर्बबाट ३ खर्ब १५ अर्ब पुगेको छ । सरकारमा सबैका आफन्त छन् । केही गर्ने कसरी गर्ने भन्ने नै छैन त्यो तर्फ सरकारको ध्यान जानु पर्दछ ।

यो सरकारले गर्न सक्ने, गर्न पर्ने र नगरी नहुने काम के हो ?
मेरो अनुभवमा वर्तमान सरकारले विज्ञ समूह बनाओस् । अनुभव नभएका सल्लाहकार हटाउनु पर्‍यो। त्यसरी जाँदा केही सुधार हुन्छ ।

 

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  २ : ४१ बजे

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ मा एक

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

तेह्रथुम– म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका

कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विधान संशोधन

बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्न आवश्यक 

काठमाडौं– सार्वजनिक लेखा समितिले सात खर्ब ५५ अर्ब १७ करोड