Live on
Your Voice, Your Power
बाजुरा– बाजुरामा घरको भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ। बुढीनन्दा नगरपालिका-७ खड्कावाडा बस्ने ४५ वर्षीय रणबहादुर खड्काको बिहीबार मृत्यु भएको हो। उनको आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने क्रममा काठको भर्याङबाट (सिडी) लडेर टाउकोमा चोट लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।