महिला उद्यमी उद्योग सञ्चालन गर्न उत्साहित « Khabarhub

महिला उद्यमी उद्योग सञ्चालन गर्न उत्साहित


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – पर्सामा महिला उद्यमीको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०८०-८१ मा तीन सय ९९ महिलाका नाममा घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

 सोही आवमा पुरुषका नाममा पाँच सय ४४ उद्योग दर्ता भएका छन् । गत आवमा आठ सय ९७ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।

सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग दर्ता गरे ३५ प्रतिशत छुट दिने प्रावधानले महिला उद्यमीका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धञ्जयकुमार सिंहका अनुसार छुट पाउने प्रावधानकै कारण महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको बताउँछन् ।

‘विगतमा महिला उद्यमी सञ्चालक भएर उद्योग दर्ता गर्ने चलन थिएन । अहिले सरकारले दर्ता शुल्कमा छुट दिने व्यवस्था गरेसँगै महिला उद्यमी सञ्चालक भएर उद्योग दर्ता गर्ने क्रम बढेको छ’, उनले भने। अझै पनि पुरुषकै स्वामित्वका उद्योगको सङ्ख्या धेरै छ ।

कार्यालयका अनुसार आव २०७९-८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए । सो आवमा नयाँ दर्ता भएका उद्योगमा महिला उद्यमीको स्वामित्व भएको सङ्ख्या चार सय ५० र पुरुष उद्यमीको स्वामित्व भएका भने ६ सय ५४ रहेका छन् ।

गत आवमा दर्ता भएका नयाँ उद्योगले चार हजार सात सय ३३ जनालाई रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ । त्यसमध्ये तीन हजार चार सय ५५ पुरुष र एक हजार दुई सय ७८ महिलालाई रोजगारी दिने क्षमता रहेको छ । कार्यालयले गत आवमा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर रु ८० लाख १२ हजार एक सय ५० राजस्व आम्दानी गरेको छ ।

कार्यालयले आव २०७९-८० मा दर्ता भएका नयाँ घरेलु तथा साना उद्योगले पाँच हजार चार सय ६० जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ । त्यसमध्ये तीन हजार दुई सय ४७ पुरुष र एक हजार दुई सय १३ महिलालाई रोजगारी दिनसक्ने क्षमता छ ।

कार्यालयले अघिल्लो आवमा नयाँ दर्ता भएका साना तथा घरेलु उद्योगबाट एक करोड ६ लाख ३९ हजार राजस्व संकलन गरेको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ७ : ०४ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई