Live on
Your Voice, Your Power
मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले सुदर्शन खड्कालाई कोशी प्रदेशसभाको सचिवमा नियुक्त गरेका छन् । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले आज गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १९५ को उपधारा (१) बमोजिम बागमती प्रदेश चाँगुनारायण नगरपालिका–४ निवासी खड्कालाई आजका मितिदेखि लागू हुने सो पदमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुखको कार्यालय विराटनगरमा…