Live on
Your Voice, Your Power
माझकुभिण्डे– जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमा आजदेखि तीनदिने जुनार महोत्सव सुरु भएको छ । बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसुदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतका जनप्रतिनिधिले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरे । राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा जुनारको प्रचारप्रसार र पक्की सडक निर्माणको आवश्यकतालाई ध्यानाकर्षण गराउन महोत्सव आयोजना गरिएको हो ।…