अध्ययनको नतिजा– धेरै घन्टा सुत्नेको मृत्यु चाँडै | Khabarhub Khabarhub

अध्ययनको नतिजा– धेरै घन्टा सुत्नेको मृत्यु चाँडै


१८ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जाडो मौसम जारी छ । जाडो मौसममा हामी मध्ये धेरै सुत्न मनपराउछौं । जाडोबाट लाग्ने रोगबाट बच्नका लागि पनि हामी मध्ये धेरैले ओछ्यानमै समय विताउने गरेका छौं । तर यसलाई एक अध्ययनले गतल सावित गरिदिएको छ ।

यूरोपियन हार्ट जर्नलमा प्रकाशित अध्ययन रिपोर्टका अनुसार ६ या ८ घन्टा भन्दा धेरै समय सुत्नुले मुटुको बिरामी हुनुका साथ साथै चाडै मृत्यु हुने खतरा पनि बढ्न जान्छ । तर अध्ययनको रिपोर्टका अनुसार पर्यात्त मात्रामा निद्रा निकै महत्वपूर्ण हुन्छ । तर आवश्यकता भन्दा धेरै सुत्दा भने स्वास्थ्यलाई निकै असर पर्न जान्छ ।

आवश्यकता भन्दा धेरै सुत्दा मुटुका बिरामीका साथ समयभन्दा पहिला मृत्यु हुने खतरा बढ्ने गरेको छ ।

अध्ययनका क्रममा शोधकर्ताको टीमले २१ अलग अलग आयको देशका १ लाख १६ हजार ६ सय ३२ मानिसबीचमा निद्राको डाटाको जाँच गरिएको थियो । यसमा ४ अत्याधिक आयवाला देश जस्तै क्यानडा, स्वीडेन, साउदी अरब, युएइ, १२ मध्य आएका भएका देश जसमा अर्जेन्टिना, ब्राजिल, चिली, चीन, इरान, मलेशिया लगातका देशमा अध्ययन गरिएको थियो । यसका साथै कम आय भएका देश बंगालादेश, भारत, पाकिस्तान, तान्जातिया तथा जिम्बाबेका मानिसलाई सहभागी गराइएको थियो ।

अध्ययनमा सहभागी सबै देशका मानिससँग उनीहरुको आर्थिक स्थिति, लाइफस्टाइल, सुत्ने समय, धुम्रपान, अल्कोहल, व्यायाम, डाइट तथा विरामीसँग सम्बन्धी प्रश्नहरु सोधिएको थियो ।

नतिजामा आए अनुसार जो मानिस ८ घन्टा भन्दा धेरै सुत्छन् उनीहरुमा हर्ट अट्याक तथा स्ट्रोक हुने खतरा अधिक हुन्छ । साथसाथ यस्तो मानिसको चाडो मृत्यु हुने खतरा पनि ४१ प्रतिशत बढ्न सक्छ । अध्ययनका अनुसार व्यक्तिलाई ६ देखि ८ घन्टा भन्दा धेरै समय सुत्नु घातक हुन जान्छ ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  ५ : ३७ बजे

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन