नेपालमै बन्न थालेपछि बजाज डोमिनारको मूल्य ६० हजारभन्दा कम « Khabarhub

नेपालमै बन्न थालेपछि बजाज डोमिनारको मूल्य ६० हजारभन्दा कम


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बजाज मोटरसाइकलको नेपालको लागि आधिकारी वितरण एचएच बजाजले नेपालमा मोटरसाइकल एसेम्वल गर्दै आएको छ ।

नवलपरासीमा रहेको कम्पनीको प्लान्टमा निर्माण भएको बजाज डोमिनार भारतबाट आयात हुँदाभन्दा सस्तो मूल्यमा कम्पनीले बिक्री गर्नेगरि मूल्य सार्वजनिक गरेको छ । यसको बिक्री भने अबको १५ दिनपछि शुरु हुने कम्पनीले जनाएको छ ।

यसअघि भारतीय बजारबाट आयात भइरहेको यो मोटरसाइकल केही समयको लागि बन्द समेत भएको थियो । भारतमा नै नयाँ प्रोडक्सन भएको यो मोटरसाइकल नेपालमा त्यही अनुरुप एसेम्वल गरेर बजारमा आउन लागेको कम्पनीले जनाएको छ ।

सरकारले धेरै सीसीका मोटरसाइकलमा गरेको कडाई पश्चात डोमिनारको मूल्य वृद्धि भएर ५ लाख ८९ हजार ९ सय रुपैयाँमा बिक्री भएको थियो ।

हाल मेरोअटोलाई कम्पनी स्रोतले उपलब्ध गराएको नयाँ मूल्य सूचीअनुसार बजाज डोमिनारको मूल्य ५ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ । पहिलाको तुलनामा नयाँ डोमिनारको मूल्य ६० हजारले सस्तो भएको हो ।

परिमाजर्न भएर आएको बजाज डोमिनार ४०० मा ३७३.३ सीसी ट्रिपल स्पार्क, ४ भल्भ, डीटीएस–आई, लिक्वीड कूल्ड, एफआई इन्जिन छ । यो इन्जिनले ८००० आरपीएममा ३६ बीएच पावर र ६५०० आरपीएममा ३५ एनएम टर्क जेनेरेट गर्छ ।

डोमिनारको टप स्पीड क्षमता १४८ किलोमिटर रहेको छ । यसको फ्रन्टमा ४३ एमएम ट्राझलिङ टेलिस्कोप फर्क र रियरमा मोनोशक रहेको छ । ६ स्पीडको गियरबक्स रहेको यो मोटरसाइकलमा १५७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।

यसमा सुरक्षा फिचरको रुपमा डबल च्यानल एबिएससहित फ्रन्टमा ३२० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक उपलब्ध छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : २२ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको