सुरक्षाको ‘घर’ ले कस्तो प्रतिक्रिया पायो युट्युबमा? « Khabarhub

सुरक्षाको ‘घर’ ले कस्तो प्रतिक्रिया पायो युट्युबमा?


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्पण थापा, सुरक्षा पन्त, वेनिषा हमाल लगायतका कलाकारको शीर्ष भूमिका रहेको फिल्म ‘घर’ हालै युट्युबमा रिलिज गरिएको छ ।

हरर जानरामा निर्माण भएको यो फिल्मले फिल्म हलमा भने राम्रो प्रतिक्रिया पाएको थिएन । यद्यपि यो फिल्म छोटो समयमा नै युट्युबमा रिलिज गरिएपछि दर्शकले आश्चर्य प्रकट गरेका छन् ।

अर्पण थापाले निर्देशन गरेको यो फिल्ममा एक परिवारले सस्तोमा पाएको घर किनेपछि आएको अवस्थालाई कथानक बनाइएको छ । फिल्ममा भूतले तर्साउने दिने काल्पनिक विषयलाई देखाइएको छ ।

फिल्मलाई युट्युबमा दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । स्किृप्ट र लाउड अभिनयका कारण हलमा दर्शक नपाएको यो फिल्म हेरेर धेरैजसो दर्शकले भने मन परेको प्रतिक्रिया दिएका छन् ।

‘फिल्म बबाल लाग्यो मलाई, यस्तो भएपछि किन हिन्दी फिल्म हेर्नुपर्‍यो,’ एक प्रयोगकर्ताले लेखेका छन् । त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘धेरै राम्रो लाग्यो यो फिल्म ।’

राजु सेन्चुरी नामक प्रयोगकर्ताले कमेन्ट छोडेका छन्, ‘वाह, गज्जब फिल्म, दोस्रो भागको प्रतीक्षामा ।’

तामाङ बिमलाले लेखेकी छिन्, ‘ओएमजी मेरो त सातो उड्यो, मुटु नै काँप्यो, कथा केही कमजोर लाग्यो तर सुरुक्षा पन्तको अभिनय राम्रो लाग्यो ।’

‘हैन डरले झण्डै मरिएन हौ,’ एक प्रयोगकर्ताले लेखेका छन् । अर्का प्रयोगकर्ताले हरर फिल्म हेरेभरिमा सबैभन्दा राम्रो नेपाली फिल्म भएको प्रतिक्रिया दिएका छन् ।

यो समाचार तयार पार्दासम्म फिल्म तेस्रो नम्बरमा नेपाल ट्रेन्डिङमा छ । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, शर्मिला पाण्डे लगानी, सूर्य थोकरको एक्सन रहेको छ ।

यो फिल्म गएको साउनमा हलमा प्रदर्शनमा आएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १ : १३ बजे

जेन-जी उमेरका सांसदलाई प्रधानमन्त्रीले भने- स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नवीन सोचका साथ आफ्नै पुस्ताका लागि

अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध

सिड्नी- अस्ट्रेलियाका तीन व्यस्त विमानस्थलमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय

बेलायतबाट आधारभूत सैन्य तालिम लिएका गौरव शमशेर राजदूत बनेर त्यहीँ जाँदै

काठमाडौं- सरकारले पूर्वप्रधानसेनापति गौरवशमशेर राणालाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस

विदेशी चलखेलले राष्ट्रियता जोखिममा : माधव नेपाल

काठमाडौं– नेकपाका सह-संयोजक माधव कुमार नेपालले देश हाल ठूलो सङ्कटमा

संयुक्त मोर्चा बनाएर चाडपर्वपछि आन्दोलन गर्छौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चाडपर्वपछि सरकारका