उपनिर्वाचन मतगणना– कास्कीमा विद्या भट्टराई जीत नजिक « Khabarhub

उपनिर्वाचन मतगणना– कास्कीमा विद्या भट्टराई जीत नजिक


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्की क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई जीत नजिक पुगेकी छन् ।

जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार विद्याले २० हजार ७ सय ९७ मत ल्याउँदै निकटतम् प्रतिद्वन्द्वीसँगको आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेकी छन् ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म कास्की क्षेत्र नम्बर २ मा ३६ हजार ६ सय ३६ मत गणना भइसकेको छ । जसमध्ये नेकपा उम्मेदवार २० हजार ७ सय ९७ ल्याएकी छन् ।

भट्टराईका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेम राज पौडेलले १२ हजार २ सय ६१ मत प्राप्त गरेका छन् ।

कांग्रेसका पौडेल नेकपाकी भट्टराईभन्दा ८ हजार ५ सय ३६ मतले पछाडि छन् ।

कास्की २ मा १ हजार ५ सय ३ मतका साथ समाजवादी पार्टीका धर्मराज गुरुङ तेस्रो स्थानमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारी १ हजार ६ मतका साथ चौथो स्थानमा छन् ।

निर्वाचन प्रचार प्रसारका क्रममा निकै चर्चामा रहेका साझा पार्टीका तर्फबाट उम्मेदावर रहेकी रजना केसीले भने ६ सय २६ मत मात्रै प्राप्त गरेकी छन् ।

निर्वाचन आयोगका अनुसार कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मत खसेको थियो । जसअनुसार अब ८ हजार ९ सय २७ मत मात्रै गणना गर्न बाँकी छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ५ : २४ बजे

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ