प्रधानमन्त्री ओलीको आठौं पटक डायलासिस, आईप्याडबाट हेरे सागको उद्घाटन « Khabarhub

प्रधानमन्त्री ओलीको आठौं पटक डायलासिस, आईप्याडबाट हेरे सागको उद्घाटन


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार बेलुका डायलाइसिस गरिएको छ । एपेन्डिक्सको शल्यक्रिया पश्चात् मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री ओलीको आइतबार पनि डायलाइसिस गरिएको हो ।

आइतबार प्रधानमन्त्री ओलीको आठौं पटक डायलासिस गरिएको हो । प्रधानमन्त्री ओली गत मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । त्यसयता उनको (आइतबार समेत गरी) ४ पटक  डायलासिस गरिएको छ ।

१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलाले पुनः काम गर्न छाडेपछि उनले नियमित डायलाइसिस गरिरहेका छन् । सघन उपचार कक्ष (आईसीयू)मै रहेका प्रधानमन्त्री डायलाइसिस गरिएको स्रोतले बतायो ।

‘प्रधानमन्त्रीज्यूको मिर्गौलाले काम गर्न सक्दैन, त्यसैले उहाँको हिजो (शनिबार) र आज (आइतबार) नियमित डायलाइसिस भइरहेको छ, आज साँझ पनि डायलाइसिस गरिएको हो । उहाँको अवस्था हेरेर नियमित डायलाइसिस गरिएको हो,’ ओलीको उपचारमा संलग्न एक चिकित्सकले भने ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिले आफै‌ं दन्तमञ्जन गर्ने, खाना खाने र सहयोगीको साहारामा हिडडुल गर्न सक्ने अवस्थामा पुगेका छन् ।

प्रधानमन्त्री ओलीले आइप्याडमार्फत आइतबार १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) समेत हेरेका छन् । ओलीले आईप्याडमार्फत सागको उद्घाटनको लाईभ हेरेका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मिर्गौलाको विरामी समेत भएकाले संक्रमणको खतरा भएको भन्दै प्रधानमन्त्री ओलीलाई चिकित्सकले आइसियुमै राखेर उपचार गराइरहेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १० : १८ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर