धोनीको विस्फोटक ब्याटिङमा चेन्नईको लगातार तेस्रो जित | Khabarhub Khabarhub

धोनीको विस्फोटक ब्याटिङमा चेन्नईको लगातार तेस्रो जित


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा जारी आईपीएल क्रिकेट अन्तर्गत चेन्नई सुपर किंग्सले लगातार तेस्रो जित हात पारेको छ । गएराति भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ८ रनले पराजित गरेको हो ।

चेनइको जितका लागि कप्तान महेन्द्र सिंह धोनीले ४६ बलमा ७५ रनको विस्फोटक पारी खेलेपछि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा पाँच विकेट गुमाउँदै १७५ रन बनाएको थियो । धोनीले चार चौका र चार छक्का प्रहार गरेका थिए ।

सुरुवाती ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न नसेपछि कप्तान धोनीले उत्कृष्ट प्रदर्शन गरे । धोनी बाहेक ब्राबोले २७ रन बनाए भने सुरेश रैनाले ३६ रन जोडे । १७६ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा आठ विकेट गुमाउँदै १६७ रनमा समेटियो । राजस्थानका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाए भने राुहल त्रिपाठीले सर्वाधिक ३९ रनको योगदान दिए ।

राजस्थानलाई कम स्कोरमा रोक्नका लागि दिपक चाहर, सार्दुल ठाकुर, ड्वाइन ब्राभो र इमरान ताहिरले दुई दुई विकेट लिए । जितसँगै चेन्नईले तालिकामा तीन खेलबाट ६ अंक बनाएको छ । राजस्थान भने तीन खेल सकिँदा जितविहीन छ ।

यस्तै हिजै भएको पहिलो खेलमा  सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पराजित गरेको थियो । कप्तान विराट कोहली नेतृत्वको बैंग्लोर हैदरावादस‘ग पराजित भएको हो । बैंग्लोरको यो लगातार तेस्रो हार हो । घरेलु मैदानमा भएको खेलमा सनराइजर्स हैदरावादले पाहुना टोली बैंङ्लोरलाई १सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ७ : १६ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले