काठमाडौं– भारतीय सामाजवादी पार्टीका नेता एवं उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले हावाहुरीका कारण २७ जनाको ज्यान गएको भन्दै दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा पूर्व मुख्यमन्त्री यादवले नेपालमा पानी र तुफानका कारण २७ जनाको मृत्यु अत्यन्त हृदयविदारक भन्दै दुःख व्यक्त गरेका हुन् ।
उनले मृतकका परिवारप्रति समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
प्रतिक्रिया