नेपालमा ९३ लाख जनाले चलाउँछन् फेसबुक, ६० लाख युट्युव, ४० लाख ट्वीटर प्रयोगकर्ता « Khabarhub

नेपालमा ९३ लाख जनाले चलाउँछन् फेसबुक, ६० लाख युट्युव, ४० लाख ट्वीटर प्रयोगकर्ता


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई नियन्त्रण हुनेगरी सरकारले कुनै पनि कानूनी व्यवस्था गर्न नचाहेको बताएका छन् ।

मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल कम्पनीहरुलाई भने नियमनको दायरामा ल्याउन दर्ता गर्ने कानूनी व्यवस्था गर्न लागिएको स्पष्ट पारे ।

सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै मन्त्री बाँस्कोटाले सामाजिक मूल्य, मान्यता विपरित हुनेगरी सामाजिक सञ्जाल प्रयोग गर्ने कम्पनीलाई सरकारले कडा कार्वाही गर्ने गरी कानूनी व्यवस्था गर्ने उल्लेख गरे ।

मन्त्री बाँस्कोटाले युरोप र अमेरिकी मुलुकमा पनि सामाजिक मूल्य र मान्यता विपरितका सूचना प्रवाह गर्ने सामाजिक सञ्जाल कम्पनीलाई कार्वाही गर्ने कानूनी व्यवस्था गरिएको स्मरण गराए ।

सरकारले ल्याएको सो विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्ता कम्पनीले जथाभावी सूचना प्रवाह गरे कार्वाही गर्ने प्रस्ताव गरिएको छ । सामाजिक संजाल कम्पनीहरुलाई जथाभावी सूचना प्रवाह गर्न नदिन सरकारले सो कम्पनीलाई निययन हुने गरी कानुनी व्यवस्था गर्न लागिएको मन्त्री बास्कोटाको भनाइ छ ।

नेपालमा हाल ९३ लाख फेसबुक प्रयोगकर्ताहरु रहेका छन् । त्यसैगरी ६० लाख यूटुव प्रयोगकर्ता तथा ४० लाख ट्वीटर प्रयोगकर्ताहरु नेपालमा रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाले जानकारी दिए ।

मन्त्री बास्कोटाले सूचना प्रविधिका कारण हुने असहजतालाई नियन्त्रण गर्न पनि सरकारले सो सम्बन्धि कानुनलाई व्यवस्थित बनाउन लागिएको पनि समितिलाई जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ३ : ०८ बजे

नागरिकता नियमावली चौथो संशोधन लागू, आमाको नामबाट नागरिकता पाउने बाटो खुल्यो

काठमाडौं– सरकारले नेपाल नागरिकता नियमावली २०६३ को चौथो संशोधन स्वीकृत गरी

खोला मापदण्ड खारेजी तथा गैर-न्यायिक सडक विस्तारविरुद्ध र्‍याली (तस्बिरहरू)

काठमाडौं– खोला मापदण्ड खारेजी तथा गैर-न्यायिक सडक विस्तारविरुद्ध र्‍यालीसहित विरोध

ट्रम्प र कोलम्बियाका समकक्षीबीच ह्वाइट हाउसमा वार्ता हुने तय

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद मुद्दाहरूमा छलफल गर्न दुई

असन्तुष्ट समूहलाई वार्तामा आउन प्रतिष्ठानको आव्हान

काठमाडौं–  भ्रष्टाचारको आरोप लगाउँदै सामाजिक सञ्जाल र प्रतिष्ठानको गेट अगाडि

कारागारका कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढ्दै

बैतडी– बैतडी कारागारबाट भागेका एक जना कैदीबन्दी अझै फरार रहेका छन्