नेपालमा ९३ लाख जनाले चलाउँछन् फेसबुक, ६० लाख युट्युव, ४० लाख ट्वीटर प्रयोगकर्ता « Khabarhub

नेपालमा ९३ लाख जनाले चलाउँछन् फेसबुक, ६० लाख युट्युव, ४० लाख ट्वीटर प्रयोगकर्ता


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई नियन्त्रण हुनेगरी सरकारले कुनै पनि कानूनी व्यवस्था गर्न नचाहेको बताएका छन् ।

मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल कम्पनीहरुलाई भने नियमनको दायरामा ल्याउन दर्ता गर्ने कानूनी व्यवस्था गर्न लागिएको स्पष्ट पारे ।

सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै मन्त्री बाँस्कोटाले सामाजिक मूल्य, मान्यता विपरित हुनेगरी सामाजिक सञ्जाल प्रयोग गर्ने कम्पनीलाई सरकारले कडा कार्वाही गर्ने गरी कानूनी व्यवस्था गर्ने उल्लेख गरे ।

मन्त्री बाँस्कोटाले युरोप र अमेरिकी मुलुकमा पनि सामाजिक मूल्य र मान्यता विपरितका सूचना प्रवाह गर्ने सामाजिक सञ्जाल कम्पनीलाई कार्वाही गर्ने कानूनी व्यवस्था गरिएको स्मरण गराए ।

सरकारले ल्याएको सो विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्ता कम्पनीले जथाभावी सूचना प्रवाह गरे कार्वाही गर्ने प्रस्ताव गरिएको छ । सामाजिक संजाल कम्पनीहरुलाई जथाभावी सूचना प्रवाह गर्न नदिन सरकारले सो कम्पनीलाई निययन हुने गरी कानुनी व्यवस्था गर्न लागिएको मन्त्री बास्कोटाको भनाइ छ ।

नेपालमा हाल ९३ लाख फेसबुक प्रयोगकर्ताहरु रहेका छन् । त्यसैगरी ६० लाख यूटुव प्रयोगकर्ता तथा ४० लाख ट्वीटर प्रयोगकर्ताहरु नेपालमा रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाले जानकारी दिए ।

मन्त्री बास्कोटाले सूचना प्रविधिका कारण हुने असहजतालाई नियन्त्रण गर्न पनि सरकारले सो सम्बन्धि कानुनलाई व्यवस्थित बनाउन लागिएको पनि समितिलाई जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ३ : ०८ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा