बैशाख ७ गतेदेखि नेपाल बास्केटबल लिग हुने « Khabarhub

बैशाख ७ गतेदेखि नेपाल बास्केटबल लिग हुने


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाल बास्केटबल लिग बैशाख पहिलो हप्ताबाट शुरु हुने भएको छ । काठमाडौंमा सोमबार आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पीडीसीएन)ले पत्रकार सम्मेलन गरी प्रतियोगिता बैशाख ७ गतेदेखि शुरु हुने जानकारी गराएको हो ।

५५ दिनसम्म चल्ने उक्त प्रतियोगितामा ८ व्यवसायिक क्लबहरुको सहभागिता रहनेछ । जसमा गोल्डेनगेट इन्टरनेसनल कलेज, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, दी टाइम्स इन्टरनेसनल कलेज, बुढानीलकण्ठ नगरपालिका बास्केटबल क्लब छन् ।

यस्तै, कीर्तिपुर बास्केटबल टिम, साउथ साइडर्स बास्केटबल क्लब र रोयल बास्केटबल क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा सहभागी टोलीले होम एण्ड अवेका आधारमा एकआपसमा दुई—दुई खेल खेल्नेछन् । जसअनुसार सबैगरी प्रतियोगिताभर ६८ खेल खेलाइनेछ । दुई चरणको लिग पछि शीर्ष चार टोली प्लेअफमा स्थान बनाउनेछन् ।

यसअघि यो प्रतियोगिता क्विक्स बास्केटबल लिगको नाममा सञ्चालन भएको थियो । तर, यो वर्ष नाम परिवर्तन गरी नेपाल बास्केटबल लिग बनाइएको हो । नेपाली बास्केटबल खेलमा धेरै प्रतियोगिताहरु नहुने भएकाले यो लिगले नेपाली खेलाडीहरुलाई खेल्ने अवसर प्रदान गर्ने पीडीसीएनका अध्यक्ष अरुण कार्कीले बताए ।

प्रतियोगिताको साझेदार सानिमा जनरल इन्स्योरेन्सले सबै खेलाडी, प्रशिक्षक, रेफ्री र स्वयंसेवकसहित १ सय ६८ जनाको प्रतिव्यक्ति ५ लाखका दरले बिमा गर्ने भएको छ । हरेक टिमले ३ जना विदेशी खेलाडी टिममा आवद्ध गर्न पाउने र १ जनालाई मात्रै खेलाउन पाइने प्रावधान रहेको छ ।

प्रतियोगिताको पहिलो खेल बैशाख ७ गते गोल्डेनगेट इन्टरनेसनल कलेज र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच गोल्डेनगेटको घरेलु कोर्टमा हुनेछ । विजेता टोलीले पुरस्कार स्वरुप २ लाख नगद प्राप्त गर्ने र दोस्रो हुने टोलीले १ लाख नगद प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ६ : २९ बजे

मूर्ति विसर्जन गर्न कोसी कटानमा भिड (तस्बिरहरू)

काठमाडौं– हिजो विश्वकर्मा पूजा गरेको माटाको मूर्ति विसर्जन गर्न आज

रसुवा बाढीपीडित व्यवसायीलाई राहत पुनस्र्थापना कार्यक्रम शीघ्र कार्यान्वयन गर्न समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले रसुवा बाढीबाट प्रभावित व्यावसायिक प्रतिष्ठानहरूका

आइभीएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने

काठमाडौं–  स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सहायक प्रजनन प्रविधि

राष्ट्रियसभा : सहायक प्रजनन प्रविधिको प्रयोगसम्बन्धी कानुन निर्माणको सङ्कल्प प्रस्ताव पारित

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा (मकवानपुर)- बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली