दिल्लीको खेल आज, सन्दीप मैदान उत्रने सम्भावना « Khabarhub

दिल्लीको खेल आज, सन्दीप मैदान उत्रने सम्भावना


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष दुई टोली बुधबार (आज) एक–अर्काबीच प्रतिस्पर्धा गर्दैछन् । पहिलो स्थानमा रहेको दिल्ली क्यापीटल्स र दोस्रो स्थानको चेन्नई सुपर किङ्सबीचको खेल शीर्ष स्थानका लागि हुनेछ ।

प्लेअफमा स्थान बनाइसकेका दुवै टोली जीतको खोजिमा छन् । दिल्ली र चेन्नईले खेलेका १२ खेलमा समान १६ अंक छ । यहि सिजनको पहिलो भेटमा चेन्नईले दिल्लीलाई ६ विकेटले पराजित गरेको थियो ।

चेन्नई घरेलु मैदानमा आज दिल्लीमाथि जित हात पार्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ । त्यस्तै, २०१२ पछि पहिलो पटक आईपीएलको प्लेअफमा पुग्न सफल दिल्ली आफुलाई शीर्ष स्थानमा यथावत राख्ने दौडमा छ ।

आईपीएलको सफल टोलीविरुद्ध दिल्लीबाट खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने मेदान उत्रिने सम्भावना पनि उत्तिकै छ । यसअघि बैंग्लोरविद्धको खेलमा महँगा सावित भएपनि सन्दीप विकेट लिन सक्ने क्षमता भएका खेलाडी भएकाले उनले आजको खेलमा स्थान पाउने सम्भावना छ । उनी महँगा भएपनि खेल जीतेका कारण दिल्लीले उनलाई टिममा राख्न सक्छ ।

सन्दीप टोलीका लागि कठिन परिस्थितीमा पनि विकेट निकाल्न सक्ने खेलाडी भएकाले पनि उनलाई आजको खेलमा स्थान दिन सक्छ । सन्दीपले यो सिजनको आईपीएलमा रन नियन्त्रण गर्न नसकेपनि आफुले खेलेका ६ खेलमा ९ विकेट लिइसकेका छन् ।

सम्भावित दिल्लीको टोली

पृथ्वी श्वा, श्रयस अयर (कप्तान), रिसभ पन्त, शिखर धवन, कागिसो रबाडा, कोलिन इन्ग्राम, शेरफाने रुथफोर्ड, अक्जर पटेल, अमित मिश्रा, इसान्त शर्मा, सन्दीप लामिछाने

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ६ : ५४ बजे

पासपोर्टबिना नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं – नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका २४ जना

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी

चीनसँग विज्ञान–प्रविधि सहकार्य अघि बढाउने तयारी, मन्त्री पुन र चिनियाँ राजदूतबीच छलफल

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र नेपालका

रविलाई जिम्मा लगाएर हिँडे बालेन, केन्द्रीय सदस्यको निर्वाचनपछि सचिवालय र पदाधिकारीको निर्णय हुने

काठमाडौं- यही आइतबारदेखि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेता चितवनमा