पचास प्रतिशत भूकम्प प्रभावित घर प्रवेश गरिसके, ३० प्रतिशत घर बनिरहेका छन् : ज्ञवाली « Khabarhub

पचास प्रतिशत भूकम्प प्रभावित घर प्रवेश गरिसके, ३० प्रतिशत घर बनिरहेका छन् : ज्ञवाली


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोरखा भूकम्पले प्रभावित भएकामध्ये ५० प्रतिशत परिवार नयाँ घर प्रवेश गरिसकेको राष्ट्रिय पुनःनिमर्माण प्राधिकरणले जनाएको छ ।

भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) नेपालको आयोजनामा भएको फोटो प्रदर्शनीको मङ्गलबार समापनका अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने “५० प्रतिशत मानिस घरभित्र छिरिसकेका छन्, ३० प्रतिशत घर बन्दैछन्, कतिपय विविध समस्या रहेकाले समाधानमा लागेका छौँ ।”

एनसेटले भूकम्प गएको दिन वैशाख १२ देखि काठमाडौँको भैँसेपाटीस्थित कार्यालयमा भूकम्पपछिको पुनःनिर्माण अवस्थाको बारेमा फोटो प्रदर्शनी गरेको थियो । एनसेटले काठमाडौँ, नुवाकोट, दोलखा र धादिङमा काम गर्दै आएको छ । सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ५६ प्रतिशत स्कूल निर्माण सम्पन्न भइसकेको तर पुरातात्विक क्षेत्रमा कम काम भए पनि अहिले गति लिएको जानकारी दिए । रानीपोखरीको विषयमा उत्पन्न समस्या समाधान गर्दै निकासको बाटोमा लागेको समेत उनले बताए ।

विगतमा एनसेटसँगको सहयोगमा पुनःनिर्माण मापदण्ड, विधि र नीति तय गरेको र अहिले हेर्दा सो काम सही रहेको जिकिर गर्दै उनले सबैको सहयोग भयो भने पुनःनिर्माण सम्पन्न हुने बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १० : ४१ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ।