गाउँमै मिल्यो कुरा, अदालतको मुद्दा फिर्ता « Khabarhub

गाउँमै मिल्यो कुरा, अदालतको मुद्दा फिर्ता


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा अर्जुनधारा नगरपालिका वडा नं १० र ११ को १८ बिघा जमीनसँग सम्बन्धित ५५ वर्ष पुरानो विवाद गाउँमै मिलेको छ । दुवै पक्षबीच सहमति भएपछि अदालतमा परेको मुद्दा पनि फिर्ता गरिने भएको छ ।

स्थानीय १८ घरपरिवार बसोबास गरेको र ऐलानी जग्गामा बसेका करीब ४० घरपरिवार तथा जग्गाधनी मोतीबहादुर खड्काबीचको आधा दशकभन्दा पुरानो विवाद स्थानीयस्तरमा नै समाधान भएपछि गाउँलेसमेत खुशी भएका छन् ।

साविक शनिश्चरे गाविस वडा नं ६ मा हरिकुमारी खड्काको नाममा दर्ता भएको १८ बिघा पाँच कठ्ठा जमीनको विषयमा विसं २०२१ देखि विवाद हुँदै आएको थियो । सर्वोच्च अदालतमा समेत पुगेको मुद्दा किनारा नलागे पनि अहिले जिल्ला अदालत झापामा मुद्दा चलिरहेको छ । यति लामो विवाद जग्गाधनी र जग्गा उपभोग गर्ने स्थानीयवासीबीच १० बुँदे सहमति भएर मिलेको छ ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकरण र स्थानीयवासीले बनाएको माकुरा समूहको पटक–पटकको प्रयासपछि जग्गाधनी र जग्गा उपभोग गरिरहेका ४० घर गाउँलेबीच जग्गा आधा–आधा बाँडफाँड गरी लिनेदिने सहमति भएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोत व्यक्ति सङ्गीता थापाले बताइन् ।

जग्गाधनीले जग्गाको कुनै उत्पादन पनि लिन नपाउने र जग्गा उपभोग गरेर बसोबास गरेका गाउँलेले आफैँ बसोबास गरेको जग्गा कहिले पनि आफ्नो भन्न नपाउने स्थितिबाट मेलमिलापको तरिकाले करीब एक वर्षको निरन्तरको प्रयासपछि दुवै पक्षबीच सहमति गर्न सकेको स्थानीय माकुरा समितिका सदस्य जगतबहादुर मगरले बताए ।

करोडौँ मूल्य पर्ने जग्गा खड्का परिवारले विसं २०१४ देखि संरक्षण गर्दै आएको र विसं २०२१ मा धनीपुर्जा प्राप्त गरेपछि त्यस जमीनमा बसोबास गरिरहेका स्थानीयवासीसँग खड्का परिवारको विवाद शुरु भएको त्यस क्षेत्रका पुराना बासिन्दा गोपीचन्द्र खरेल बताए ।

सहमतिअनुसार छ वर्षदेखि बाँकी रहेको जग्गाको सम्पूर्ण कर तिर्न जग्गाधनी र जग्गा उपभोग गरिरहेका स्थानीयवासीले आधा–आधा रकम व्यहोर्ने, वैशाख मसान्तभित्र जग्गा नापजाँच गरी आधा–आधा जग्गा दुवै पक्षले बाँडफाँड गर्ने, जग्गासम्बन्धी जिल्ला अदालत झापामा रहेको मुद्दा दुवै पक्षले सहमति गरी फिर्ता लिने र भएको सहमति कार्यान्वयन गर्न एउटा कार्यान्वयन समितिसमेत निर्माण गरी काम अगाडि बढाउने सहमति भएको अर्जुनधारा–११ का वडाध्यक्ष भैरव खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १० : ४६ बजे

परराष्ट्र भन्छ : मध्यपूर्वका लाखौँ नेपालीको सुरक्षा उच्च प्राथमिकतामा छ

काठमाडौं- परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका लाखौं नेपालीहरूको सुरक्षा नेपाल सरकारको

बहराइनको मानामास्थित चर्चित होटलमा इरानी आक्रमण, ठूलो भौतिक क्षति

मानामा- बहराइनको गृहमन्त्रालयले राजधानी मानामास्थित क्राउन प्लाजा होटल इरानी आक्रमणको

ओलीलाई मत माग्न झापा पुगिन् गायिका ज्योति मगर

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मत माग्न झापा

इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित

काठमाडौं- इरानमा अमेरिका र इजरायलको आक्रमणपछि एसियन फुटबल कन्फेडेरेसन (एएफसी)

‘प्रधानमन्त्रीको दौडमा रहेकाबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर