भेनेजुएलाका विपक्षी नेता गुआइदोद्वारा मादुरोविरुद्ध व्यापक प्रदर्शनको आह्वान « Khabarhub

भेनेजुएलाका विपक्षी नेता गुआइदोद्वारा मादुरोविरुद्ध व्यापक प्रदर्शनको आह्वान


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कराकास– भेनेजुएलामा विपक्षी नेता हुआँ गुआइदोले निकोलस मादुरोको सत्ताविरुद्ध व्यापक जनप्रदर्शनको आह्वान गरेका छन् । मंगलबार गुआइदोको आह्वानपछि भएको सैनिक विद्रोहको निरन्तरताका लागि गुआइदोले मे दिवसका दिन बुधबार व्यापक जनप्रदर्शनको आह्वान गरेका हुन् ।

उनले सेनालाई मादुरोको साथ छाड्न र आफ्नो पक्षमा आउन आह्वान समेत गरेका छन् ।

राजधानी कराकासमा रहेको सैनिक अखडाबाट शुरु भएको सैनिक विद्रोह मुलुकका अन्य शहरमा पनि फैलिएको बताइएको छ । सैनिक विद्रोहका क्रममा १ सय जनाभन्दा धेरै घाइते भएका छन् ।

अर्कोतर्फ राष्ट्रपति निकोलस मादुरोले गुआइदोको आह्वानमा आफ्नो सत्ताविरुद्ध भएको सैनिक विद्रोहलाई ‘कु’ को संज्ञा दिँदै त्यो असफल भएको घोषणा गरेका छन् । राष्ट्रिय टेलिभिजनमार्फत् सम्बोधन गर्दै मादुरोले आफ्नोसत्ताविरुद्ध भएको सैन्य कु असफल भएको जनाएका हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ११ : ५७ बजे

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी

कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसको १५

गगनलाई आरेनले भने- पुराना गल्ती सच्याउँदै नयाँ पुस्ता देश निर्माणमा लाग्नुपर्छ

काठमाडौं– श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पुराना कमजोरी सच्चाएर

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै