अब केकी अधिकारीको बिहे हुनसक्छ: दीपकराज गिरी « Khabarhub

अब केकी अधिकारीको बिहे हुनसक्छ: दीपकराज गिरी


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्रको व्यापारका हिसाबले सफल अभिनेतामा पर्छन् दीपकराज गिरी । पछिल्लो समय गिरीले अभिनय गरेका फिल्म व्यावसायिक हिसाबले सफल भएका छन् । हालै मात्र उनको टिमले रोहित अधिकारीसँग मिलेर फिल्म ‘छ माया छपक्कै’ निर्माण गर्न लागेको छ ।

शुरुवातका फिल्ममा एउटै नायिका दोहोरिएपछि नायिका दाेहोर्‍याएको आरोप खेपेका दीपकले  पछिल्लो समय भने हरेक फिल्ममा नयाँ नायिका लिने गरेका छन् ।

मंगलवार नायिका पूजा शर्माको जन्मदिन सेलिब्रेसनमा भेटिएका गिरीले पहिले आफूलाई नायिका दोहोर्‍‍याएको भनेर आरोप आएको र अहिले नायिका फेरेपछि धेरै नायिका फेरेको भन्ने आरोप खेपेको बताए । जन्मदिनको भेटघाटमा उनले आफूसँग जोडी भएर अभिनय गरेका नायिकाहरुको छिटै बिहे भएकाले अब केकी अधिकारीको पनि बिहे हुन सक्ने भन्दै रमाइलो गरे ।

‘मसँग बिहे जोडी भएर फिल्म खेलेकाको त बिहे हुन्छ, अब केकीको पनि हुनसक्छ,’ दीपकले ठट्टा गर्दै पूजा शर्मालाई भने ‘तिम्रो पनि बिहे छिटो होस् भन्ने चाहन्छौ भने मसँग फिल्म खेल ।’

पछिल्लो समय नायिका पूजा शर्मा फिल्म ‘सम्हालिन्छ कहिले मन’ को काममा व्यस्त छिन् । यता दीपकराज गिरी ‘छ माया छपक्कै’ छायांकनको तयारीमा छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १२ : १५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल