तपाईं किन खोजेजस्तो जागिर पाउनुहुन्न, कारण यस्तो त हैन ? | Khabarhub Khabarhub

तपाईं किन खोजेजस्तो जागिर पाउनुहुन्न, कारण यस्तो त हैन ?


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अध्ययन पूरा गरेर कामका लागि धेरै ठाउँ धाइसक्नुभएको छ ? वा कुनै सीपमूलक तालिम लिएर पनि काम पाइरहनुभएको छैन ?

अहिलेको समयमा एउटा मुख्य समस्या भनेको पढाइ पूरा गरेर पनि काम नपाउनु हो । यसहिसाबले भन्न सकिन्छ कि नेपालमा बेरोजगारीको समस्या छ ।

तर, तपाईंलाई थाहा छ कि छैन देशभर सञ्चालित उद्योग–व्यवसायमा अहिले कामदारको अभाव छ ।

अर्थात् बेरोजगारीको समस्या जति छ, त्यससँगै कामदार अभावको समस्या पनि बिकराल छ ।

पछिल्लो समय देशमा उद्योग खुल्ने क्रम बढेको देखिन्छ । तर, त्यसअनुपातमा रोजगारीको सिर्जना भएको देखिँदैन । अर्थात पढेलेखेका नेपालीहरु पनि रोजगारीको खोजीमा अन्य देश धाइरहनुपरिरहेको छ ।

यस्तो अवस्था कसरी सिर्जना भयो त ? यसको प्रमुख कारणमध्ये एक हो, नेपालीहरु कामका लागि दक्ष छैनन् ।

वैदेशिक लगानीबाट सञ्चालित उद्योगले पछिल्लो समय तल्लो तहको कामका लागि मात्रै नेपाली कामदार लिने गरेका छन् । माथिल्लो दर्जाको कामका लागि नेपाली कामदार दक्ष नभएको उद्योगी–व्यवसायीहरु बताउँछन् ।

प्राविधिक होस् या प्रशासनिक, सबै किसिमका कामको लागि दक्ष कर्मचारीकै माग हुन्छ ।

दक्ष कसरी बन्ने ?

विज्ञहरुका अनुसार दक्ष जनशक्तिको उत्पादन माध्यमिक तहको अध्ययनपछि शुरु हुन्छ ।

माध्यमिक तहको अध्ययनसम्म एउटा व्यक्तिले आफ्नो रुचीको क्षेत्र पहिचान गरिसकेको हुन्छ । अर्थात् भविष्यमा गएर मैले के गर्ने हो ? कुन क्षेत्रमा काम गर्ने हो ? यी सबै विषय माध्यमिक तहको अध्ययन पूरा गरिसकेको व्यक्तिले आन्तरिक रुपमा एक प्रकारको निर्णय लिइसकेको हुन्छ, हुनुपर्छ ।

अब उच्च शिक्षाको अध्ययन त्यहि अनुसार हुनु जरुरी हुन्छ । तपाईं इन्जिनियर बन्ने हो भने मानबिकी पढेर त्यसबारे ज्ञान हासिल गर्नसक्नुहुन्न । त्यसका लागि इन्जिनियरिङि नै पढ्नुपर्छ । अध्ययनमार्फत दक्ष बन्ने एउटा उपाय यो पनि हो ।

तर, तपाईंले गर्ने काम, तपाईंबाट रोजगारदाताले गर्ने अपेक्षा र बद्लिदो समय र परिवेशको आवश्यकतालाई पाठ्यपुस्तकमा समावेश विषयबस्तुले मात्रै सम्बोधन गर्छ भन्ने हुँदैन । यसका लागि बाहिरी ज्ञानको आवश्यकता पनि हुन्छ ।

तपाईंले अध्ययन गरिरहेको विषय वास्तविक रुपमा कति प्रयोगमा आइरहेको छ भन्ने कुराले पनि महत्व राख्दछ । यदि तपाईंले अध्ययन गरिरहेको कुरा किताबमा मात्रै सीमित हुने खालको छ भने त्यसले व्यवहारिक जीवनमा ठूलो अर्थ राख्दैन ।

कुनै पनि विषयवस्तुमा दक्षता हासिल गर्नु भनेको त्यसको सैद्धान्तिक, व्यवहारिक र प्रयोगात्मक उपयोगिताबारे सम्पूर्ण ज्ञान हासिल गर्नु हो ।

काम कसरी मिल्छ ?

तपाईंको हातमा डिग्री छ, तपाईं दक्ष पनि हुनुहुन्छ, तर भनेजस्तो, आफूले चाहेजस्तो काम पाइरहनुभएको छैन ?

यसको एउटा प्रमुख कारण तपाईंको प्रस्तुती हुनसक्छ । अर्थात् जब तपाईं कुनै राम्रो कम्पनीमा जागिरका लागि आवेदन दिन जानुहुन्छ भने तपाईंले त्यहाँ आफ्नो राम्रो प्रस्तुती (परफरमेन्स) दिनसक्नु भएको हुँदैन ।

अब तपाईंलाई लाग्ला कि, क्षमताको प्रदर्शन त जिम्मेबारी पाए पछि मात्रै गर्ने हो ! यदि यस्तो सोच तपाईंमा छ भने यो पनि तपाईंले राम्रो काम नपाउनुको कारण हुनसक्छ ।

तपाईंले रोजगारीका लागि दिएको आवेदनबाटै रोजगारदातालाई लागोस् कि, यो व्यक्ति उपयुक्त हुनसक्छ ।

आवेदन पत्र, बायोडाटा, अन्तर्वार्ता, परीक्षणकाल यी सबै प्रक्रियामा तपाईं अब्बल ठहरिनुभयो भने तपाईंलाई आफूले खोजेजस्तै काम र सँगै दाम पनि मिल्ने छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १ : ५६ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी