करण जोहरको प्रोडक्सन हाउसमा आगो लाग्यो , एक व्यक्ति घाइते « Khabarhub

करण जोहरको प्रोडक्सन हाउसमा आगो लाग्यो , एक व्यक्ति घाइते


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड फिल्म निर्माता करण जोहरको प्रोडक्सन कम्पनी धर्मा प्रोडक्सनको मुम्बईस्थित गोदाममा गए राति आगो लागेको छ । आगलागीबाट गोदाममा निकै क्षति पुगेको छ ।

अचानक आगो सल्केपछि १२ वटा दमकल आगो निभाउन जुटेका थिए । लामो समयपछि बल्ल गोदाममा लागेको आगो निभेको थियो । योसँगै करण जोहरलाई ठूलो क्षति पुगेको छ । क्षतिको यकिन विवरण भने आइसकेको छैन । आगोले बिल्डिङमा पनि क्षति पुर्‍याएको छ ।

भारतीय मिडियाको खबरअनुसार मंगलवार राति साढे २ बजे आगो लागेको थियो । यो आगो सामानमा सल्केर तेस्रो तल्लासम्म पुगेको थियो ।

मिडियाका अनुसार आगलागीमा परेर एक व्यक्ति घाइते भएका छन् । ती व्यक्तिलाई तत्काल अस्पताल पुर्‍याइएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  २ : १३ बजे

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १

चुनावकै दिन विरोधमा उत्रिएका नेकपा बहुमतका तीन कार्यकर्ता समातिए

चितवन- चितवनमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहँदा केही ठाउँमा निर्वाचन

फागुन २१ मेरो जीवनको पुनर्जन्म हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन

तनहुँमा किरियापुत्रीद्वारा मतदान

डुम्रे– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ ।

आयोगले भन्यो : दिउँसो २ बजेसम्म देशभर ४० प्रतिशत मत खस्यो

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी