करण जोहरको प्रोडक्सन हाउसमा आगो लाग्यो , एक व्यक्ति घाइते « Khabarhub

करण जोहरको प्रोडक्सन हाउसमा आगो लाग्यो , एक व्यक्ति घाइते


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड फिल्म निर्माता करण जोहरको प्रोडक्सन कम्पनी धर्मा प्रोडक्सनको मुम्बईस्थित गोदाममा गए राति आगो लागेको छ । आगलागीबाट गोदाममा निकै क्षति पुगेको छ ।

अचानक आगो सल्केपछि १२ वटा दमकल आगो निभाउन जुटेका थिए । लामो समयपछि बल्ल गोदाममा लागेको आगो निभेको थियो । योसँगै करण जोहरलाई ठूलो क्षति पुगेको छ । क्षतिको यकिन विवरण भने आइसकेको छैन । आगोले बिल्डिङमा पनि क्षति पुर्‍याएको छ ।

भारतीय मिडियाको खबरअनुसार मंगलवार राति साढे २ बजे आगो लागेको थियो । यो आगो सामानमा सल्केर तेस्रो तल्लासम्म पुगेको थियो ।

मिडियाका अनुसार आगलागीमा परेर एक व्यक्ति घाइते भएका छन् । ती व्यक्तिलाई तत्काल अस्पताल पुर्‍याइएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  २ : १३ बजे

ट्रम्पको मध्यस्थतापछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराममा सहमति

जहाँ सकिन्छ, युवालाई त्यहीँ अगाडि सारौं : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलबिना लोकतन्त्र सम्भव

जेन–जी आन्दोलनको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्छ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनको छानबिन

धुवाँ, खरानी र निषेध चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धुवाँ, खरानी र

प्रधानमन्त्री कार्कीलाई एमाले अध्यक्ष ओलीको प्रश्न, ‘यही हो चुनावको वातावरण बनाएको ?’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावबाट