प्रधानमन्त्री ओलीविरुद्ध खनिए महतो | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीविरुद्ध खनिए महतो


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले उद्योग–मजदुर कसैको पनि सुरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् ।

नेता महतोले उद्योगधन्दा स्थापनाका लागि आवश्यक वातावरण नबनाएपछि कसरी मुलुकको समृद्धि हुन्छ ? भनि प्रधानमन्त्री ओलीलाई प्रश्न गरे ।

बुधबार १ सय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बहुर्राष्ट्रिय कम्पनीहरु रातारात भाग्ने काम गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने गरी ऐन, कानून र सुरक्षाको उचित प्रबन्ध गर्न पनि प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराए ।

सरकारले उद्योगधन्दाको विकास गरेर नेपाली श्रम शक्तिलाई स्वदेशमै काममा लगाउन सके मात्रै ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारालाई सार्थक बनाउन सकिने नेता महतोको बताए ।

नेता महतोले लाखौं युवाहरु श्रमको खोजीमा विदेशिदा पनि सरकारले देशमै रोजगारी हुने गरी उद्योगको विकासका लागि उचित वातावरण बनाउन नसकेको आरोप लगाए । उनले विदेशी लगानी भित्र्याएर मुलुकमा उद्योगधन्दाको विकास हुने गरी नीति तथा कार्यक्रम र योजना ल्याउन पनि सरकारसँग माग गरे ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ५ : ४४ बजे

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा

कसरी भयो सुनको भाउमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट ?

काठमाडाैं – सुनको मूल्यमा तीव्र गिरावट आएको छ। महँगो धातुको

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली