संयुक्त राष्ट्रसंघले राख्यो जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरलाई आतंककारीको सूचीमा « Khabarhub

संयुक्त राष्ट्रसंघले राख्यो जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरलाई आतंककारीको सूचीमा


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– पाकिस्तानमा रहेर कश्मीरमा सक्रिय आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मौलाना मसुद अजहरलाई संयुक्त राष्ट्रसंघले आतंककारीको सूचीमा राखेको छ ।

चीनले यसअघिको आफ्नो अडानलाई त्यागेर अजहरलाई अन्तर्राष्ट्रिय आतंककारीको सूचीमा राख्न आनाकानी गर्दै आएकोमा हाल भने चीन पनि उनलाई अन्तर्राष्ट्रिय आतंककारीको सूचीमा राख्न सहमत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि गत फेब्रुअरी महिनामा फ्रान्स, बेलायत र अमेरिकाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् अन्तर्गतको अल कायदा तथा इस्लामिक स्टेट नाकाबन्दी समितिमा मसुद अजहरलाई आतंककारीको सूचीमा राख्न गरेको प्रस्तावलाई चीनले अस्वीकार गरेको थियो ।

अन्तर्राष्ट्रिय आतंककारीको सूचीमा परेपछि अब मसुद अजहरमाथि हतियार खरिदविक्री तथा यात्रामा प्रतिबन्ध लाग्नेछ भने उनको सम्पत्ति पनि रोक्का हुनेछ ।

मसुद अजहरको आतंकवादी संगठन जैश–ए–मोहम्मदले गत फेब्रुअरी महिनामा ५० भन्दा धेरै भारतीय अर्धसैनिक मारिनेगरी भारत प्रशासित कश्मीरको पुलावामामा भएको आत्मघाती बम आक्रमणको जिम्मा लिएको थियो । यो समूहको अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल कायदासँग पनि साँठगाँठ रहेको बताइन्छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ८ : २६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र