नयाँबानेश्वर वृत्तका प्रमुख काफ्लेसहित ७ प्रहरी अधिकृत पुरस्कृत « Khabarhub

नयाँबानेश्वर वृत्तका प्रमुख काफ्लेसहित ७ प्रहरी अधिकृत पुरस्कृत


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले सो परिसर अन्तर्गत विभिन्न वृत्तको प्रमुख भई काम गर्दै आएका ३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा ४ जना प्रहरी निरीक्षकलाई प्रहरी अभिलेखमा उल्लेख हुने गरि नगदसहित पुरस्कृत गरेको छ ।

नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी इमान्दारीपूर्वक लगनशील र कर्तव्यनिष्ठ भई अपराध नियन्त्रण गर्दै आम जनसमुदायमा प्रहरीको छवि सकारात्मक राख्न सकृय रहेवापत ति प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षकलाई नगदसहित पुरस्कृत गरिएको काठमाडौं परिसर प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपि) बसन्त कुमार लामाले बताए ।

नगद पुरस्कारसहित पुरस्कृत हुने प्रहरी नायव उपरीक्षकहरुमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, गोविन्दराज काफ्ले, प्रहरी वृत्त स्वयम्भुका प्रमुख, सुधिर राज शाही र प्रहरी वृत्त कालीमाटीका प्रमुख, देवेन्द्र बहादुर पाल छन् । उनीहरुलाई जनही नगद १ हजार ५०० सहित प्रहरी अभिलेखमा उल्लेख हुने गरि पुरस्कृत गरिएको हो ।

यसैगरि जनही नगद १ हजार २०० सहित पुरस्कृत हुने प्रहरी निरीक्षकहरुमा महानगरीय प्रहरी वृत्त काँडाघारीका प्रमुख, सुधिर कुमार राई, प्रहरी वृत्त कमलपोखरीका हर्कबहादुर विश्वकर्मा, सिहंदरवार वृत्तका भोजराज पाण्डे र साँखु प्रभागका लक्ष्मी पाण्डे खनाल छन् ।

पुरस्कृत भएका ७ जना प्रहरी अधिकृतहरुमध्ये नयाँबानेश्वर वृत्तका प्रमुख डीएसपी गोविन्दराज काफ्ले र सोही वृत्त अन्तर्गतको काँडाघारी प्रभागका प्रमुख प्रहरी निरीक्षक सुधिरकुमार राई पुरस्कृत भएका हुन । उनीहरु एकैै वृत्तका प्रमुख र अधिकृत हुन ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ९ : २९ बजे

ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर

मुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल सुपरस्टार लियोनल मेस्सी र भारतीय क्रिकेट

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक