प्रदेश नं ३ को नाम ‘नेपालमण्डल प्रदेश’ राख्ने प्रस्तावले संसद्मा औपचारिक प्रवेश पायो « Khabarhub

प्रदेश नं ३ को नाम ‘नेपालमण्डल प्रदेश’ राख्ने प्रस्तावले संसद्मा औपचारिक प्रवेश पायो


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- प्रदेश नं ३ को नाम ‘नेपालमण्डल प्रदेश’ राख्ने प्रस्तावले प्रदेश नम्बर ३ को संसद् सचिवालयमा औपचारिक प्रवेश पाएको छ । प्रदेश सांसद्हरुले संसद सचिवालयमा औपचारिक प्रस्ताव राखेसँगै यसले औपचारिक प्रवेश पाएको हो ।

प्रदेश नम्बर तीनका सांसदहरुले प्रदेश नम्बर तीनका सभामुख सानु श्रेष्ठमार्फत सचिवालयमा सो प्रस्ताव राखेको प्रस्तावक सांसद डाक्टर अजयक्रान्ति शाक्यले जानकारी दिए ।

प्रस्तावको प्रस्तावकमा डा. अजय क्रान्ति शाक्य र बसन्त मानन्धर रहेका छन् भने समर्थकमा सांसद्हरु केशव स्थापित, राजेश शाक्य, ज्ञानेन्द्र शाक्य, राजकाजी महर्जन, प्रकाश श्रेष्ठ, उर्मीला, सरस्वती वाटी छन् । प्रस्तावमा प्रदेश नम्वर तीनको नाम नेपाल मण्डल नै रहनुपर्ने ऐतिहासिक तथा भौगोलिक, जनसंख्या, पहिचानको कारण समेत उल्लेख गरिएको छ ।

ऐतिहासिक कारणमा उनीहरुले वर्तमान प्रदेश नं. ३ पहिलेको नेपालमण्डल नै रहेको उल्लेख गरेका छन् । ‘यस प्रदेशका १३ वटा जिल्ला मध्ये चितवन जिल्लाबाहेक अरु सवै नेपालमण्डल प्रदेश भित्रै नै पर्दछ । र चितवन पनि मल्ल राजा यक्ष मल्लको पालामा नेपालमण्डल अन्तर्गत नै रहेको पाइन्छ,’ प्रस्तावमा भनिएको छ, ‘लिच्छवी कालको अभिलेखमा उल्लेख भए अनुसार नेपालमण्डलको फैलावट पूर्वमा कुशेश्वर (सुनकोसी, सिन्धुली), पश्चिममा केवलपुर (धादिङ्ग), उत्तरमा रसुवापारि केरुङ र दक्षिणमा तिस्तुङ (मकवानपुर) सम्म थियो । तसर्थ वर्तमान प्रदेश नं. ३ ऐतिहासिकता र भूगोलको हिसावले पनि प्राचिन नेपालमण्डल नै हो ।’

प्रस्तावमा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गरी अरु राज्यहरु यसमा गाभिंदा नेपालमण्डललाई एक अलग्गै प्रदेश मानेको कुरा पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  १० : ५५ बजे

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र