प्रदेश नं ३ को नाम ‘नेपालमण्डल प्रदेश’ राख्ने प्रस्तावले संसद्मा औपचारिक प्रवेश पायो « Khabarhub

प्रदेश नं ३ को नाम ‘नेपालमण्डल प्रदेश’ राख्ने प्रस्तावले संसद्मा औपचारिक प्रवेश पायो


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- प्रदेश नं ३ को नाम ‘नेपालमण्डल प्रदेश’ राख्ने प्रस्तावले प्रदेश नम्बर ३ को संसद् सचिवालयमा औपचारिक प्रवेश पाएको छ । प्रदेश सांसद्हरुले संसद सचिवालयमा औपचारिक प्रस्ताव राखेसँगै यसले औपचारिक प्रवेश पाएको हो ।

प्रदेश नम्बर तीनका सांसदहरुले प्रदेश नम्बर तीनका सभामुख सानु श्रेष्ठमार्फत सचिवालयमा सो प्रस्ताव राखेको प्रस्तावक सांसद डाक्टर अजयक्रान्ति शाक्यले जानकारी दिए ।

प्रस्तावको प्रस्तावकमा डा. अजय क्रान्ति शाक्य र बसन्त मानन्धर रहेका छन् भने समर्थकमा सांसद्हरु केशव स्थापित, राजेश शाक्य, ज्ञानेन्द्र शाक्य, राजकाजी महर्जन, प्रकाश श्रेष्ठ, उर्मीला, सरस्वती वाटी छन् । प्रस्तावमा प्रदेश नम्वर तीनको नाम नेपाल मण्डल नै रहनुपर्ने ऐतिहासिक तथा भौगोलिक, जनसंख्या, पहिचानको कारण समेत उल्लेख गरिएको छ ।

ऐतिहासिक कारणमा उनीहरुले वर्तमान प्रदेश नं. ३ पहिलेको नेपालमण्डल नै रहेको उल्लेख गरेका छन् । ‘यस प्रदेशका १३ वटा जिल्ला मध्ये चितवन जिल्लाबाहेक अरु सवै नेपालमण्डल प्रदेश भित्रै नै पर्दछ । र चितवन पनि मल्ल राजा यक्ष मल्लको पालामा नेपालमण्डल अन्तर्गत नै रहेको पाइन्छ,’ प्रस्तावमा भनिएको छ, ‘लिच्छवी कालको अभिलेखमा उल्लेख भए अनुसार नेपालमण्डलको फैलावट पूर्वमा कुशेश्वर (सुनकोसी, सिन्धुली), पश्चिममा केवलपुर (धादिङ्ग), उत्तरमा रसुवापारि केरुङ र दक्षिणमा तिस्तुङ (मकवानपुर) सम्म थियो । तसर्थ वर्तमान प्रदेश नं. ३ ऐतिहासिकता र भूगोलको हिसावले पनि प्राचिन नेपालमण्डल नै हो ।’

प्रस्तावमा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गरी अरु राज्यहरु यसमा गाभिंदा नेपालमण्डललाई एक अलग्गै प्रदेश मानेको कुरा पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  १० : ५५ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश