अपरान्ह हावाहुरीसहित पानी आउने सम्भावना « Khabarhub

अपरान्ह हावाहुरीसहित पानी आउने सम्भावना


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही अपरान्ह पछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वमा बनेको न्यून चापिय रेखा र प्रि–मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन। सामान्यतः प्रिमनसुनको समयमा अपरान्ह र साँझपछि मौसम धुमिएर मेघगर्जन र हावाहुरीसहित वर्षा हुने बताइएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी भू–भागको केही स्थान र मध्य तथा पूर्वीका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान मशाखाले जनाएको छ ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ४० दशमलव तीन डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  १२ : ३८ बजे

दोलखामा खडेरीको प्रभाव : असार बित्दै,खेत अझै बाँझै !

दोलखा– जिल्लाको तल्लो क्षेत्रमा असारको पहिलो साता बितिसक्दा पनि पर्याप्त

भारतीय अनलाइन लेख्छ : भारतले नेपाललाई तीन वर्षसम्म चिनी निर्यात नगर्न सक्छ

काठमाडौं- भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध लम्बिन सक्ने संकेतसँगै नेपालमा

उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले देशव्यापी रुपमा सङ्कलन गर्दै आएको उपभोक्ता

रात्रिबसमा चढाएर काठमाडौं ल्याइँदै विष्णु पौडेललाई

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि सोमबार पक्राउ गरिएका नेकपा एमालेका

मदनका नाममा एकै मञ्चमा जुट्दै कम्युनिस्ट नेताहरू

काठमाडौं- पछिल्लो केही वर्षयता तिक्ततापूर्ण सम्बन्धबीच गुज्रिएका कम्युनिस्ट नेताहरू जननेता