संघीयताको नयाँ मोडेल प्रदेश २ बाट – मन्त्री बाँस्कोटा « Khabarhub

संघीयताको नयाँ मोडेल प्रदेश २ बाट – मन्त्री बाँस्कोटा


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासको नयाँ मोडल प्रदेश नं २ बाट शुरु हुने बताएका छन् । महोत्तरीको बर्दिवासमा आयोजित कार्यक्रममा बाँस्कोटाले सङ्घीय सरकारले प्रदेश नं २ लाई उच्चतम महत्वमा राखेर जनताले अनुभूति गर्ने गरी काम अघि बढाउने बताए ।

सङ्घीय सरकारले थालेका प्रयत्नमा प्रदेश सरकार र स्थानीय सरकारको सहयोगी भूमिका हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । तीनै तहका सरकारको समन्वयमा गरिने काम चाँडै परिणाममुखी हुने उहाँले बताउनुभयो । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन पद्धतिको नयाँ अभ्यास थालिएको र यो पद्धतिको सफल कार्यान्वयनमा प्रदेश–२ को अगुवाइमा हुने बताए ।

“सङ्घीयताको आवाज विगतआन्दोलनमा यहीं (प्रदेश–२) बाट उठेको हो”, मन्त्री बाँस्कोटाले भने , “अब यसलाई संस्थागत गर्ने र आम नेपालीको जीवनपद्धतिमा यसलाई ढाल्ने दायित्व पनि यसै प्रदेशले गर्नेछ ।”

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  २ : १८ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार