सन्दर्भः विश्व दूग्ध दिवस, भूलेर पनि दूधसँगै यी चिज नखानुहोस् ! | Khabarhub Khabarhub

सन्दर्भः विश्व दूग्ध दिवस, भूलेर पनि दूधसँगै यी चिज नखानुहोस् !


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हरेक वर्ष जुन १ तारिख विश्व दूग्ध दिवस मनाइन्छ । नेपालमा पनि यो दिवस मनाइ रहँदा दूध सेवनबाट हुने फाइदा र दूधसँगै खान नहुने केही खाद्यवस्तुबारे जानकारी राखौँ । दूधलाई पौष्टिक आहारको रुपमा लिइन्छ । तर यसलाई मिलाएर खान नजाने स्वास्थ्यमा हानी पनि पुर्‍याउँछ । दूधको सेवन सही तरिकाबाट नहुँदा स्वास्थ्यमा हानी पनि पुग्न सक्छ ।

दूधसँगै भूलेर पनि माछा नखानु होला । माछाको प्रभाव गरम हुन्छ भने दूधको प्रभाव चिसो हुन्छ । यसैले दुवै खाद्यवस्तुलाई एक साथ खाएमा स्वास्थ्यलाई हानी गर्न सक्छ । यसले पेटमा ग्यास बढाउनुका साथै एलर्जी तथा छालासम्बन्धी समस्या हुन सक्छ ।

यसैगरी कागती वा अन्य अमिलो खानेकुरासँगै दूध पनि सेवन गर्नु हुँदैन । यदि तपाईंले कुनै अमिलो खानेकुरा खानु भएको छ भने त्यसको केही समयपछि मात्रै दूध पिउनु होला । दुवै खाद्यवस्तु एक साथ खाएमा तपाईंमा एसिडिटीको समस्या देखिन सक्छ ।
यस्तै, दूधसँगै नुनिलो खाद्यवस्तु पनि नखानु उचित हुन्छ । नुनिलो चिप्स, दालमोठलगायतका खाद्यवस्तु दूधसँग खाएको खण्डमा छालासँग सम्बन्धित समस्या देखिन सक्छ । नूनका कारण दूधमा रहेको प्रोटिनको गुण घट्न जान्छ ।

यसैगरी, प्याज र खुर्सानी पनि दूधसँग खानु स्वास्थ्यका लागि हानी हुनेछ । दूध र प्याज एकसाथ खाएमा दाद, छाला चिलाउने जस्ता समस्या देखिन्छ । दूध र खुर्सानी पनि सँगै खाएमा पेटमा समस्या हुनुका साथै एसिडिटी तथा बान्ता हुन सक्ने सम्भावना बढी हुन्छ ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ५ : १७ बजे

जनताको जीउधनको रक्षा र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न बारको आग्रह

काठमाडौं– नेपाल बार एसोसिएसनले आम जनताको जीउधनको रक्षा र राष्ट्रिय

मिटिङ बसिरहेका छौँ, देशलाई समृद्ध बनाउने एजेन्डा आउँछ : अनिल बानियाँ

काठमाडौं– जेन-जी पुस्ताको अहिले भर्चुअल बैठक बसिरहेको छ। भर्चुअलमार्फत बैठक

११ सय कैदीबन्दी भगाउन मोरङ कारागारमा हुलहुज्जत, प्रहरीले फायर खोल्यो

काठमाडौँ – ११ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा अराजक

कांग्रेसका केन्द्रीय सदस्य पोखरेलद्वारा सभापति देउवामाथिको कुटपिटप्रति खेद व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले नागरिक स्वतन्त्रताको

त्रिभुवन विमानस्थल अनिश्चितकाललाई बन्द

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। त्रिभुवन