सन्दर्भः विश्व दूग्ध दिवस, भूलेर पनि दूधसँगै यी चिज नखानुहोस् ! « Khabarhub

सन्दर्भः विश्व दूग्ध दिवस, भूलेर पनि दूधसँगै यी चिज नखानुहोस् !


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हरेक वर्ष जुन १ तारिख विश्व दूग्ध दिवस मनाइन्छ । नेपालमा पनि यो दिवस मनाइ रहँदा दूध सेवनबाट हुने फाइदा र दूधसँगै खान नहुने केही खाद्यवस्तुबारे जानकारी राखौँ । दूधलाई पौष्टिक आहारको रुपमा लिइन्छ । तर यसलाई मिलाएर खान नजाने स्वास्थ्यमा हानी पनि पुर्‍याउँछ । दूधको सेवन सही तरिकाबाट नहुँदा स्वास्थ्यमा हानी पनि पुग्न सक्छ ।

दूधसँगै भूलेर पनि माछा नखानु होला । माछाको प्रभाव गरम हुन्छ भने दूधको प्रभाव चिसो हुन्छ । यसैले दुवै खाद्यवस्तुलाई एक साथ खाएमा स्वास्थ्यलाई हानी गर्न सक्छ । यसले पेटमा ग्यास बढाउनुका साथै एलर्जी तथा छालासम्बन्धी समस्या हुन सक्छ ।

यसैगरी कागती वा अन्य अमिलो खानेकुरासँगै दूध पनि सेवन गर्नु हुँदैन । यदि तपाईंले कुनै अमिलो खानेकुरा खानु भएको छ भने त्यसको केही समयपछि मात्रै दूध पिउनु होला । दुवै खाद्यवस्तु एक साथ खाएमा तपाईंमा एसिडिटीको समस्या देखिन सक्छ ।
यस्तै, दूधसँगै नुनिलो खाद्यवस्तु पनि नखानु उचित हुन्छ । नुनिलो चिप्स, दालमोठलगायतका खाद्यवस्तु दूधसँग खाएको खण्डमा छालासँग सम्बन्धित समस्या देखिन सक्छ । नूनका कारण दूधमा रहेको प्रोटिनको गुण घट्न जान्छ ।

यसैगरी, प्याज र खुर्सानी पनि दूधसँग खानु स्वास्थ्यका लागि हानी हुनेछ । दूध र प्याज एकसाथ खाएमा दाद, छाला चिलाउने जस्ता समस्या देखिन्छ । दूध र खुर्सानी पनि सँगै खाएमा पेटमा समस्या हुनुका साथै एसिडिटी तथा बान्ता हुन सक्ने सम्भावना बढी हुन्छ ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ५ : १७ बजे

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई

रास्वपा महाधिवेशन : पार्टी सदस्य ५ लाख २३ हजार 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो कुल सदस्य संख्या

शंकर पोखरेल भन्छन् : एमाले हरेक धक्काबाट उठेको छ, फेरि पनि उठ्नेछ

सुर्खेत- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न