रोपाइँको नाटक ! « Khabarhub

रोपाइँको नाटक !


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोमबार(आज) प्रकाशित अन्नपूर्ण पोस्ट दैनिकले रोपाइँको नाटक शीर्षकको समाचारलाई प्राथमिकतासाथ प्रकाशन गरेको छ । अरु बेलामा अन्यत्रै व्यस्त रहने राजनीतिकर्मी असार १५ मा खेत खेतमा पुग्ने र रोइँको नाटक गर्ने गरेको समाचारमा उल्लेख गरिएको छ । समाचारमा अगाडि भनिएको छ–

अरू बेला अन्यत्रै व्यस्त रहने राजनीतिकर्मी असार १५ का दिन खेत–खेतमा पुग्छन्। अनि, मञ्चन गर्छन्, धान रोपाइँको ‘नाटक’। यसपटक पनि उनीहरूले त्यसै गरे।

असार १५ को कृषिसँग जोडिएको पवित्र सांस्कृतिक साइनो छ। तर, यसलाई हल्का मनोरञ्जनका रूपमा लिने क्रम बढ्दो छ। तीन सय ६४ दिन किसानलाई वास्ता नगर्ने नेता र अन्य उपल्ला वर्ग एक दिन बडो किसानैजस्ता बनेर हिलोमा डुब्छन्।

कृषिप्रधान देशमा किसान सर्वाधिक उपेक्षित छन्। बेलामा मल पाउँदैनन्। सिँचाइ अभाव व्याप्त छ। उन्नत बीउ गाउँमा पुग्दैन। तिनीहरूसामु ठाँटिएर पुगेका नेताहरू बर्सेनि रोपाइँको नाटक गर्छन्।

बाजागाजासाथ आयोजना हुने यस्ता नाटकमा राजनीतिकर्मी मात्रै होइन, मन्त्री, सेलिब्रेटी, कर्मचारी र स्थानीय जनप्रतिनिधि पनि सहभागी हुन्छन्। यो वर्ष पनि यस्तो ‘नौटंकी’ विभिन्न स्थानमा मञ्चन भए।

पोखरा महानगर प्रमुख मानबहादुर जीसी पोखरामा, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई गोरखामा, राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ र संघीय कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल बर्दियाको राजापुर, राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसी, नेपाल कृषि श्रमिक संघको आयोजनामा चन्द्रागिरिमा, कांग्रेस नेता उदयशमशेर राणा भरतपुरमा, पुष्पकमल दाहालपुत्री रेणु दाहाललगायत तिलोत्तमा, देवदह नगरपालिकासहित दर्जनौं स्थानमा धान रोपाइँको नाटक गर्न पुगे।

यस्ता अचम्म–अचम्मका दृश्य सामाजिक सञ्जालमा आइतबार भाइरल भए। सर्वसाधारणले तिनमा कडा टिप्पणी गरिरहेका थिए।कतै घाँटीमा धानको बीउको लामो–लामो माला लगाएर। कतै बाजा गाजा बजाएर। कतै बाउसे बनेर, कतै हलो जोतेर। कतै खेतमै पसेर रोपाहारसँग हिलो छ्याप्दै ठट्टा गर्दै धान रोपाइँ गरेर।

यसरी वर्षभरि कृषिप्रधान मुलुकको कृषिबारे संघीय संसद् र प्रदेशसभालगायत स्थानमा भरपर्दो लबिङ नगर्ने प्रवृत्तिका कारण नेपालीले आयात गरिएको चामलको भात खानुपर्ने बाध्यता छ।

कृषिमा उचित लगानी नगरिएका कारण चालु वर्षको ११ महिनामा ३० अर्बको चामल भारतलगायत तेस्रो मुलुकबाट आयात भइसकेको छ। गत वर्ष २४ अर्बको चामल आयात भएको थियो। कृषिप्रधान मुलुकको उपमा पाएको देशमा सरकारको द्वैध चरित्रका कारण कृषिमा परनिर्भर बन्दै गएको छ।

देशभर ठूलाबडाबाट असार १५ को नौटंकी मञ्चन भइरहँदा अधिकांश जिल्लाका किसान भने पीडामा छन्। मनसुनी पानी नपर्दा ब्याडमा राखेको बीउ सुकेर नष्ट भएको, ब्याड राखिएको जमिन सिँचाइ अभावमा चिराचिरा परेको, पानी नपरेर रोपाइँ गर्न नसकेको र मलका लागि पसल–पसल भौंतारिनुपरेको कहालीलाग्दो अवस्था छ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ७ : १६ बजे

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको