ऊर्जामन्त्रीले भने- आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्छौँ « Khabarhub

ऊर्जामन्त्रीले भने- आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्छौँ


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जलविद्युत तथा प्रसारण क्षेत्रमा निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  

सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्यलाई पुरा गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने समेत बताए । 

उनले विद्युत् प्राधिकरणको राय सुझावको आधारमा ‘टेक अर पे’ व्यवस्था संशोधनका लागि अर्थ मन्त्रालयमा पत्र नै पठाइएको जानकारी दिए।

नेपालले बिजुली निर्यात गरी मुलुकको व्यापार घाटा घटाउन सकिने भएकाले ऊर्जा क्षेत्रको बजेट त्यस तर्फ केन्द्रित रहेको पनि मन्त्री खड्काले बताए । उनले भारत, बंगलादेश र चीनसम्म विद्युत् निर्यात गर्न आवश्यक प्रसारण संरचना निर्माण अघि बढाइएको उल्लेख गरे ।

भारतीय प्रसारण लाइनको उपयोग गरी बंगलादेशमा थप विद्युत् निर्यातको पहल भइरहेको उनको भनाइ छ । 

उनले सन २०३० भित्र लम्की बरेली र इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण संयुक्त कार्यक्रम स्थापना प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

त्यस्तै मन्त्री खड्काले उद्योगीहरूसँगको बक्यौता उठाउनका लागि प्रक्रियागत रूपमा अघि बढ्ने भन्दै भ्रम नराख्न आग्रह पनि गरे । 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  २ : ३२ बजे

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा