नेयमार बार्सिलोना फर्कदाँ क्लबलाई व्यापारीक रुपमा फाइदा « Khabarhub

नेयमार बार्सिलोना फर्कदाँ क्लबलाई व्यापारीक रुपमा फाइदा


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमार बार्सिलोना फर्कन केही हप्ता लाग्ने बताइएको छ ।

स्पेनिस फुटबल साइट मार्काले बार्सिलोनामा नेयमार आउँदा बार्सिलोनाले व्यपारीक रुपमा फाइदा उठाउन सक्ने उल्लेख गरेको छ ।

आफ्नो फाइदाका लागि भए पनि बार्सिलोनाले रणनीतिक रुपमा नेयमारसँग सम्झौता गर्ने बताएको छ । ब्राजिलका क्षमतावान स्टाइकर नेयमारको सरुवालाई लिएर विभिन्न विवादहरु भइनै रहेका छन् ।

तर, क्याटलन क्लबले नेयमारसँगको सम्झौतामा आर्थिक फाइदा हेर्नेछ । उनको इन्टाग्राममा १ सय २१ मिलियन फलोअर्स रहेका छन् । त्यसमा बार्सिलोनालाई टि–सर्ट विक्रिदेखि खेलका टिकट विक्रिसम्ममा नेयमार क्लबमा आउँदा फाइदा हुने समाचारहरुले जनाएका छन् ।

सीईओ चाल्स कान्टोले नेयमार बार्सिलोनामा आउँदा क्लबलाई आर्थिक रुपमा पनि फाइदा हुने बताएका छन् । जसमा उनले नेयमारको फ्यान फलोइङलाई मुख्य आधार मानेका छन् भने क्लबले खेलाडीको सामाजिक सञ्जालमार्फत आफ्नो व्यापार बढाउन सक्ने बताएका छन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १२ : ३४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५