फेसबुकले मृत्यु भएका व्यक्तिको अकाउण्टलाई के गर्दछ ? « Khabarhub

फेसबुकले मृत्यु भएका व्यक्तिको अकाउण्टलाई के गर्दछ ?


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- समाजिक सञ्जाल फेसबुकमा जोडिने मानिसहरुको संख्या दिनप्रति दिन बढ्दै गएको छ । आफ्ना बिचार, तस्बिर तथा भिडियोहरु आफ्नो फेसबुक प्रोफाइलमा पोस्ट गर्न तथा शेयर गर्ने काम हरेक मानिसले गरिरहेका हुन्छन् ।

फेसबुक प्रयोगकर्ताको संख्या बढ्दै जाँदा अर्को तर्फ घट्दै पनि गएको छ । त्यसरी घट्ने संख्यामा अधिकांश मृत्यु भएका प्रयोगकर्ताहरु नै हुन् । यसरी मृत्यु भएका प्रयोगकर्ताहरुको अकाउण्टको संख्या पनि बढिरहेको छ । तर मृत्यु भइसकेका प्रयोगकर्ताको फेसबुक अकाउण्टलाई फेसबुकले के गर्छ त ? तपाईंमा जिज्ञासा हुन सक्छ ।

फेसबुकले मृत्यु भएका प्रयोगकर्ताको अकाउण्टलाई ‘मेमोरियलाइज’ गर्दछ । यो फिचरले मृतकको अकाउण्ट डिलिट नभइ उनीहरुको याद/स्मृतिको रुपमा रहिरहने छ । यसैले फेसबुकले मृतक व्यक्तिको फोटो तथा पोस्टलाई सुरक्षित रुपमा राख्दछ ।

मेमोरियलाइज्ड अकाउण्टमा व्यक्तिको नामको अगाडि भने ‘रिमेम्बरिङ्ग’ जोडिने छ । यसको अर्थ उनको सम्झना भइरहेको छ भन्ने हुन्छ । यस्तै मृत व्यक्तिले आफ्नो टाइमलाइन अरुका लागि पोस्ट गर्न मिल्ने गरी पहिले नै राखेको भए मानिसहरुले त्यहाँ पोस्ट पनि गर्न सक्ने छन् । उसको जन्मदिनको अवसरमा अन्य व्यक्तिमा नोटिफिकेसन पनि जाने गर्दछ ।

मृत्यु भएका व्यक्तिले कुनै फेसबुक पेज बनाएको छ । र त्यसको एडमिन उ एक्लै छ भने मृत्युको जानकारी पाउनासाथ फेसबुकले उक्त पेज डिलिट गर्दिन्छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १ : ३८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार