विप्लव समूहसँग दोहोरो भिडन्त भएको क्षेत्रमा केन्द्रबाट थप सुरक्षाकर्मी परिचालन « Khabarhub

विप्लव समूहसँग दोहोरो भिडन्त भएको क्षेत्रमा केन्द्रबाट थप सुरक्षाकर्मी परिचालन


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार बिहान विप्लव समूहसँग दोहोरो भिडन्त भएको संखुवासभामा केन्द्रबाट थप सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाली सेनाको एमआई १७ हेलिकोप्टरले ३ खेप गरेर संखुवासभाको सिलिङचोङ गाउँपालिकामा ५० जना सुरक्षाकर्मी उतारेको छ ।

केन्द्रबाट नेपाल प्रहरीका १० र १५ गरी ३५ जनाको दुई छुट्टा–छुट्टै टोली र सशस्त्र प्रहरीको १५ जनाको टोली सिलिङचोङ–१ होयाङ्ग्ला पुगेको छ ।

होयाङ्ग्लामा अहिले नेपाली प्रहरीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) शेखरजंग मल्लको कमाण्डमा २५ तथा अर्का प्रहरी सहायक निरीक्षक (असई)को नेतृत्वमा १० जनाको टोली खटिएको छ । यस्तै सशस्त्र प्रहरीबाट सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) उमेष थापाको कमाण्डमा १५ जना सुरक्षाकर्मीको टोली होयाङ्ग्लामा पुगेको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  २ : १८ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी