स्मार्ट कार्डसहितको सुविधासम्पन्न साझाका २० वटा नयाँ बस आजबाट सञ्चालनमा « Khabarhub

स्मार्ट कार्डसहितको सुविधासम्पन्न साझाका २० वटा नयाँ बस आजबाट सञ्चालनमा


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साझा यातायाताले आजबाट थप २० वटा सिटी बसहरु सञ्चालनमा ल्याएको छ । सोमबार काठमाडौं र ललितपुर महानगरपालिकाका साथै साझा यातायात सहकारी संस्थाले राजधानीमा संयुक्त रुपमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साझाले थपेका नयाँ सिटी बस सञ्चालनको सुभारम्भ गरियो । ति बसहरुले आजैबाट फरक–फरक रुटमा चल्ने गरी सेवारम्भ गरेका छन् ।

यसअघि साझाका युरो-३ मापदण्डका ५१ बस उपत्यकाभित्र सञ्चालन थिए । २० वटा नयाँ बस थपिएसँगै अब साझाको बसको संख्या ७१ पुगेको छ । थपिएका नयाँ बसहरु भने युरो-४ मापदण्डको रहेको साझा यातायातले जानकारी दिएको छ । युरो-४ मापदण्डका यी नयाँ २० बसहरु ४० वटा सिट क्षमताका छन् । यी बसहरुमा सिसी क्यामराका साथै टिभी र इन्टरनेटको सुविधासमेत रहेको छ ।

विद्युतीय टिकट प्रणालीः यात्रा कार्डको प्रयोग

साझाले थपेका नयाँ बसहरुमा विद्युतीय टिकट प्रणालीको सुविधा पनि उपलब्ध गराएको छ । विद्युतीय टिकट प्रणालीका लागि साझाले ‘यात्रा कार्ड’ नामक स्मार्ट कार्ड सुविधा ल्याएको हो । यसअघि केही बसमा यो सुविधा उपलब्ध गराएपनि साझाले थपिएका सबै बसमा यो सुविधा राखिएको जनाएको छ । यात्रुले बस चढ्दा यात्रा कार्डबाट शुल्क तिर्न सक्नेछन् ।

साझा यातायातमा २ महिनादेखि यात्रा कार्ड प्रयोग भइरहेको र प्रभावकारी देखिएकाले यसलाई विस्तार गर्ने कार्य भइरहेको एन क्लाउडका कार्ड सञ्चालक दिपेन्द्र श्रेष्ठले बताए । एन क्लाउड स्मार्ट सञ्चालनको जिम्मा लिएको कम्पनी हो ।

यो सुविधाका लिन बसमै रहेका सहचालकसँग २ सय रुपैयाँमा यात्रा कार्ड किन्न सकिनेछ । यसका साथै साझा यातायातको कार्यालयबाट पनि यो कार्ड प्राप्त गर्न सकिन्छ । कार्डमा २ सय रुपैयाँ ब्यालेन्स हुन्छ ।

साझा यातायातको बसमा यात्रा गर्ने यात्रुले उक्त स्मार्ट कार्ड बसका सहचालकसँग रहेको कार्ड रिडर मेसिनमा कार्ड रिड गराउनु पर्छ । उक्त मेसिनले यात्रु कहाँबाट चढेको र कहाँ ओलर्ने हो त्यसैअनुसार पैसा काट्ने छ । ‘वास्तविक भाडा मात्र काटिन्छ’ उनले भने ‘जसका कारण प्रयोगकर्ताहरु सवारीमा ठगिने वातावरणको अन्त्य हुनेछ ।’ कार्डमा पैसा सकिएको खण्डमा सहचालकले नै टप अप गरी ब्यालेन्स हाल्दिने व्यवस्था छ ।
साथै साझा यातायातमा यात्रा गर्दा नगदमा कारोबार गर्न चाहनेहरुका लागि पनि टिकटको व्यवस्था हुनेछ ।

साझाका बस चल्ने यी १० रुट

जसअनुसार लगनखेल-बसपार्क, लगनखेल-बुढानिलकण्ठ, बुंमति-बुढानिलकण्ठ, रत्नपार्क-लामाटार, रत्नपार्क-गोदावरी, लगनखेल-सातदोबाटो-थानकोट, नयाँ बसपार्क-सुर्यविनायक, नयाँ बसपार्क-कमलविनायक, नयाँ बसपार्क-लगनखेल-एयरपोर्ट र लगनखेल-शहीदगेट-दक्षिणकाली रहेका छन् ।

लामो दुरीको रुट

साथै साझा यातायातका बसहरु लामो दुरीमा पनि सञ्चालन हुँदै आएका छन् । लामो दुरीमा सञ्चालित रुट अन्तर्गत काठमाडौं-बाग्लुङ, काठमाडौं-बुटवल-भैरहवा-बेलहिया रहेका छन् । यी रुटमा भने रात्रीकालीन सेवा सञ्चालन हुँदै आएका छन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ४ : ३५ बजे

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट