अफगानिस्तानको रक्षामन्त्रालयनजिकै शक्तिशाली ट्रक बम विष्फोट, ३४ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानको रक्षामन्त्रालयनजिकै शक्तिशाली ट्रक बम विष्फोट, ३४ जनाको मृत्यु


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानको राजधानी काबुलस्थित रक्षामन्त्रालयनजिकै शक्तिशाली ट्रक बम विष्फोट हुँदा कम्तीमा ३४ जनाको ज्यान गएको छ ।

रक्षामन्त्रालयअन्तर्गत इन्जिनियरिङ तथा बन्दोबस्ती विभागको भवननजिकै भएको विष्फोटमा ५१ बालबालिकासहित सयभन्दा बढी घाइते भएका छन् । रक्षामन्त्रालय परिसरनजिकै विष्फोट भएलगत्तै लडाकु समूह र सरकारी सुरक्षा बलबीच भिडन्त शुरु भएको छ ।

ट्रक बम विष्फोट गराई बन्दुकधारीको समूहले मन्त्रालय परिसरभित्र छिर्ने प्रयास गरेपछि भिडन्त भएको हो । बन्दुकधारी समूह मन्त्रालय नजिकैका केही भवनभित्र पसेर अन्धाधुन्ध गोली चलाएको अफगान सञ्चारमाध्यमले जनाएको छ ।

बम विष्फोटन भएको क्षेत्रनजिक अफगान फुटबल महासंघको कार्यालय समेत रहेकाले घाइते हुनेमा फुटबल महासंघका अध्यक्ष पनि रहेको अफगान फुटबल महासंघले जनाएको छ ।

आक्रमणको जिम्मा अफगानिस्तानमा सक्रिय लडाकु समूह तालिवानले लिएको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ५ : ४२ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले