दोस्रो बजारबारे प्रशिक्षण दिँदै नेपाल स्टक एक्सचेन्ज « Khabarhub

दोस्रो बजारबारे प्रशिक्षण दिँदै नेपाल स्टक एक्सचेन्ज


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्जले दोश्रो बजारको बारेमा प्रशिक्षित गर्न अभियान चलाउने भएको छ ।

सोमबार काठमाडौँमा नेप्से अनलाइन कारोबारको प्रगति बारेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा काठमाडौँ बाहिरका ग्राहक र बिद्यार्थीहरुलाई शेयर बजार बारे जानकारी दिन प्रशिक्षण अभियान चलाउने जानकारी दिएको हो ।

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिं सावदले नेप्सेले अनलाइनको माध्यमबाट कारोबार सुरु गरे पछि देश भरिबाट शेयर किनबेच गर्न सकिने भएकोले दोश्रो बजारमा आउन इच्छुक सबैलाई शेयर कारोबार र अनलाइन कारोबार बारे जानकारी दिन आवश्यक रहेको बताए ।

दोश्रो बजारमा कारोबार गर्नेको संख्या काठमाडौँ उपत्यकाको तुलनामा उपत्यका बाहिरको संख्या बढ्दै गएकोले शेयर दलाल र बिद्यार्थीहरुलाई प्रशिक्षण दिन लागिएको बताए ।

नेपाल स्टक एक्सचेन्जले गएको कार्तिक २० बाट शेयर कारोबारको अनलाइन प्रणाली सुरु गरेको हो । यसबाट शेयर किनबेच, भुक्तानी र शेयर कारोबार सम्बन्धी अन्य सबै काम हुँदै आएको छ । नेप्सेको अनलाइन प्रणाली विभिन्न क्लियरिङ्ग कम्पनिहरु सँग पनि जोडिएको हुदा शेयर सम्बन्धि सबै काम छिटो हुन थालेको छ ।

अहिले अनलाइन प्रणालीमा सुचिकृत भएर एघार हजार बढी शेयर दलालहरुले कारोबार गरिरहेका छन् । हालसम्म अनलाइन प्रणाली मार्फत करिब १० अर्ब ६० करोड ३४ लाख कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ९ : ३० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने