सर्लाही घटनाले अवरुद्ध संसद खुलाउन आज सर्वदलीय बैठक « Khabarhub

सर्लाही घटनाले अवरुद्ध संसद खुलाउन आज सर्वदलीय बैठक


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्लाहीमा कुमार पौडेलको मृत्युको विषयलाई लिएर गरिएको अवरोधका कारण प्रतिनिधिसभा बैठक सञ्चालन हुन नसकेपछि सभामुख कृष्णबहादुर महराले आज (बिहीबार) सर्वदलीय बैठक बोलाएका छन् ।

प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सभामुख महराले सर्वदलीय बैठक आह्वान गरेका हुन् । सदनको गतिरोध अन्त्यका लागि समिति गठन वा अन्य विकल्पमा अघि बढ्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको सभामुख महराले जानकारी दिए । आज २ बजे प्रतिनिधिसभाकै बैठक तय भएकाले बैठक सुचारु हुनु अघि नै दलहरुबीच सहमति जुटाउन सर्वदलीय बैठक बोलाइएको महराले बताए ।

प्रतिनिधिसभा भवन नयाँ बानेश्वरमै १२ बजेका लागि डाकिएको बैठकमा शीर्ष नेताहरुलाई बोलाइएको र आजै समस्या समाधानका लागि पहल हुने दाबी गरिएको छ ।

सर्लाही घटनाको छानबिनको माग गर्दै विपक्षी दलहरूले बुधबार पनि सदनको अवरोध गरेका थिए । प्रमुख विपक्षी दल काँग्रेसले सर्लाहीमा हिंसात्मक गतिविधिमाथि प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको घटना छानबिनको माग गरिरहेको छ । पौडेलको मृत्यु मुठभेडमा नभई हत्या भएको काँग्रेसको दाबी छ । गृहमन्त्री थापाले भने दोहोरो मुठभेडमा पौडेलको मृत्यु भएको सदनमा जानकारी दिनुभएको थियो । गृहमन्त्रीको जवाफमा चित्त नबुझेको भन्दै काँग्रेसले अवरोध जारी राखेको हो ।

सभामुखको मध्यममार्गी विकल्प

सर्लाही घटना छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने मागसहित विपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका बेला सभामुख कृष्णबहादुर महराले मध्यमार्गी विकल्प अगाडि सारेका छन् ।

नयाँ समिति गठनमा दलीय सहमति नभए सदनकै उक्त विषयको क्षेत्राधिकार रहेको समितिलाई विशेष निर्देशनसहित घटना अनुसन्धानको जिम्मेवारी दिने प्रस्ताव सभामुख महराको छ । दलीय सहमति भएमा छुट्टै समिति गठनको प्रक्रिया अगाडि बढाउन आफू तयार रहेको उनले बताए ।

समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षसँग निरन्तर अनौपचारिक छलफलमा रहेका सभामुख महराले आजको सर्वदलीय बैठकबाट निर्णय लिने तयारी गरेका छन् । बुधबार सदन अवरुद्धपछि सभामुख महराले दलीय सहमतिका लागि आफू प्रयत्नशील रहेको बताएका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ७ : ३९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन